२०८३ बैशाख २०
May 3, 2026, Sunday

किसानलाई घाँसको बीउ र औषधि

म्याग्दीमा किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको छ । बेनी नगरपालिकाको छवटा वडालाई समेटेको बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको हो ।

Advertisement

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्ला बाख्रा ब्यवसायी सङ्घमार्फत बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालले बाख्रा ब्लक निरन्तरता कार्यक्रमअन्तर्गत ६५ किसानलाई पालेको बाख्रा सङ्ख्याको आधारमा  औषधि र घाँसको बीउ वितरण गरिएको जानकारी दिनुभयो । 

Advertisement

गण्डकी प्रदेशका पशुपन्छी तथा मत्य विकास निर्देशनालयका निर्देशक डा मनबहादुर पुन, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले किसानलाई औषधि र घाँसको बीउ वितरण गर्नुभएको थियो । सात सय ५० किलोग्राम सुदान, बजरा, टियोसेन्टी जातको घाँसको बीउका साथै आइभरनाइट ट्याब्लेट, मिनिरल र बाह्य परजीवीविरुद्धको औषधि वितरण गरिएको हो । 

व्यावसायिक बाख्रापालन विस्तार, मासुको उत्पादन वृद्धि, गुणस्तर सुधार र बजारीकरणमा सघाउने उद्देश्यले गत वर्षदेखि ब्लक कार्यक्रम सुरु भएको थियो । गत वर्ष ३९ किसान ब्लक कार्यक्रममा आबद्ध भएका थिए । यस वर्ष १० भन्दा बढी बाख्रा पालेका किसानलाई कार्यक्रममा आबद्ध गराइएको जिल्ला बाख्रा व्यवसायी सङ्घका उपाध्यक्ष महेन्द्र बानियाँले बताउनुभयो । म्याग्दीलाई मासुमा आत्मनिर्भर बनाउने तथा नश्ल सुधारका लागि आवश्यक उन्नत जातका बोका उत्पादन गर्ने लक्ष्य छ । 

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ चैत्र २३, बिहीबार १६:१३

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ चैत्र २३, बिहीबार १६:१३

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ चैत्र २३, बिहीबार १६:१३

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP