२०८३ आश्विन १
September 17, 2026, Thursday

स्तन तथा पाठेघर सम्बन्धि शिविर धवलागिरी, मालिका र मंगलामा हुने

म्याग्दीको ग्रामिण क्षेत्रमा अशिक्षा र जनचेतनाको अभावका कारण महिलामा पाठेघर (आङ) खस्ने समस्या बिकराल बन्दै गएपछि म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समिति अन्तरगको महिला विभागले आइतबारदेखि धवलागिरी गाउँपालिकामा २ दिने स्तन तथा पाठेघर सम्बन्धि शिविर गर्ने भएको छ।

Advertisement

शनिबार मोना आइइसीको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा धवलागिरी गापाको केन्द्र मुनामा बैशाख १० र ११ गते,बैशाख १२ र १३ गते दरबाङ, बैशाख १४ र १५ बावियाचौर र बैशाख १६ र १७ गते बेनी नगरपालिका–२मा शिविर सञ्चालन गरिने मोना आइइसीका सचिव सुबोध बरुवालले बताए ।

उनका अनुसार पहिलो चरणमा रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सम्पन्न गरेको थियो ।‘शिविरको तयारी पूरा भएको छ,‘पालिकास्तरमा समेत प्रचारप्रसार भइरहेको छ’ सचिव बरुवालले भने ।

काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा हुने शिविरमा पाठेघर र स्तनमा समस्या भएकालाई थप उपचारका लागि रिफर गरिने छ । शिविरमा काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको डा. किशोरकुमार प्रधानाङ्गको नेतृत्वमा ४ जनाको टोली खटिएको छ ।

डा. प्रधानाङ्गले म्याग्दीको ग्रामिण क्षेत्रमा पाठेघरको समस्या भएका धेरै महिला भेटिएको बताए । उनले जनचेतनाको अभावका कारण पाठेघरमा समस्या देखिएका महिलाहरु भेटिएको बताउँदै शिविरमा आएर उपचार गर्न समेत अनुरोध गरे ।

यसअगाडी मोनाले आयोजना गरेको शिविरमा स्तन क्यान्सरका समेत रघुगंगामा ३ र अन्नपूर्णमा ४ गरी ७ जनामा स्तनमा गाँठागुठी भेटिएको थियो ।  पाठेघर र स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये एक भएकाले समयसमयमा चेकजाँच गरी उपचार गर्नुपर्ने चिकित्सको सुझाव रहेको छ।

पाठेघर खस्ने र स्तनमा समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेकाले यो शिविर म्याग्दीका ५ वटै गाउँपालिका र बेनी नगरपालिकामा आयोजना गरिएको मोनाले जनाएको छ ।

शिविरमा मोना आइसीका मलेसिया प्रतिनिधि पूर्ण रोका सहितको टोली खटिएको छ । स्थानीय तहसँग समन्वय गरी भइरहेको शिविरबाट लाभ लिन समेत सबै वडामार्फत लक्षित बर्गलाई अनुरोध गरिएको छ । कार्यक्रमका पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले समेत मोनासँग सहकार्य गरी काम गर्ने बताएका थिए ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP