२०८० मंसिर २२
December 8, 2023, Friday

स्तन तथा पाठेघर सम्बन्धि शिविर धवलागिरी, मालिका र मंगलामा हुने

म्याग्दीको ग्रामिण क्षेत्रमा अशिक्षा र जनचेतनाको अभावका कारण महिलामा पाठेघर (आङ) खस्ने समस्या बिकराल बन्दै गएपछि म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समिति अन्तरगको महिला विभागले आइतबारदेखि धवलागिरी गाउँपालिकामा २ दिने स्तन तथा पाठेघर सम्बन्धि शिविर गर्ने भएको छ।

Advertisement

शनिबार मोना आइइसीको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा धवलागिरी गापाको केन्द्र मुनामा बैशाख १० र ११ गते,बैशाख १२ र १३ गते दरबाङ, बैशाख १४ र १५ बावियाचौर र बैशाख १६ र १७ गते बेनी नगरपालिका–२मा शिविर सञ्चालन गरिने मोना आइइसीका सचिव सुबोध बरुवालले बताए ।

Advertisement

उनका अनुसार पहिलो चरणमा रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सम्पन्न गरेको थियो ।‘शिविरको तयारी पूरा भएको छ,‘पालिकास्तरमा समेत प्रचारप्रसार भइरहेको छ’ सचिव बरुवालले भने ।

काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा हुने शिविरमा पाठेघर र स्तनमा समस्या भएकालाई थप उपचारका लागि रिफर गरिने छ । शिविरमा काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको डा. किशोरकुमार प्रधानाङ्गको नेतृत्वमा ४ जनाको टोली खटिएको छ ।

डा. प्रधानाङ्गले म्याग्दीको ग्रामिण क्षेत्रमा पाठेघरको समस्या भएका धेरै महिला भेटिएको बताए । उनले जनचेतनाको अभावका कारण पाठेघरमा समस्या देखिएका महिलाहरु भेटिएको बताउँदै शिविरमा आएर उपचार गर्न समेत अनुरोध गरे ।

यसअगाडी मोनाले आयोजना गरेको शिविरमा स्तन क्यान्सरका समेत रघुगंगामा ३ र अन्नपूर्णमा ४ गरी ७ जनामा स्तनमा गाँठागुठी भेटिएको थियो ।  पाठेघर र स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये एक भएकाले समयसमयमा चेकजाँच गरी उपचार गर्नुपर्ने चिकित्सको सुझाव रहेको छ।

पाठेघर खस्ने र स्तनमा समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेकाले यो शिविर म्याग्दीका ५ वटै गाउँपालिका र बेनी नगरपालिकामा आयोजना गरिएको मोनाले जनाएको छ ।

शिविरमा मोना आइसीका मलेसिया प्रतिनिधि पूर्ण रोका सहितको टोली खटिएको छ । स्थानीय तहसँग समन्वय गरी भइरहेको शिविरबाट लाभ लिन समेत सबै वडामार्फत लक्षित बर्गलाई अनुरोध गरिएको छ । कार्यक्रमका पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले समेत मोनासँग सहकार्य गरी काम गर्ने बताएका थिए ।

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०८० बैशाख ९, शनिबार १५:५४

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०८० बैशाख ९, शनिबार १५:५४

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०८० बैशाख ९, शनिबार १५:५४

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP