२०८३ आश्विन १
September 17, 2026, Thursday

धौलागिरी सहकारीका सदस्यलाई सदस्य शिक्षा तालिम

न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। शनिबार बेनीबजारमा आयोजित कार्यक्रमको उद्घाटन गदैं सहकारीका निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँले सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गरी सहकारी आन्दोलनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

Advertisement

उहाँले सहकारीमार्फत सहज रुपमा वित्तिय सेवा प्रवाह, आर्थिक अवस्था कमजोर भएकालाई सहयोग तथा समुदायस्तरमा हुने विभिन्न गतिविधिमा समेत सहयोग पुगेको बताउँदै बजारमा सहकारी क्षेत्रलाई समाप्त पार्न अनेक तत्व लागेको भन्दै शेयर सदस्यहरु आत्तिन नहुने बताउनुभयो ।

सोही अवसरमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हरिप्रसाद पौडेलले सहकारीका सदस्यलाई नाफा आर्जनका मात्रै सहभागी नबनाई संरक्षित पूँजीफिर्ता कोषलाई परिचालन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमा कारोबार गर्ने सदस्यहरुमा मात्रै नाफा सहितको अन्य सेवा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

अहिले सहकारी क्षेत्रमाथि आक्रमण भइरहेको अवस्थामा सदस्यहरुले सहकारीमै कारोबार गर्नुपर्नेमा जोड दिनुभयो । म्याग्दीमा सहकारीमार्फत समुदायस्तरमा ठूलो लगानी भइरहेकाले सहकारीलाई सदस्य केन्द्रित बनाउनुपर्ने बताउनुभयो । सहकारी शिक्षा कार्यक्रममा ललितपुर सहकारी संघका सचिव अनिल बिर बज्राचार्य सहजीकरण गर्नुभएको थियो । धौलागिरी सहकारीका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षतामा भएको तालिमको स्वागत उपाध्यक्ष रामजीप्रसाद सु्बेदी र सञ्चालन सचिव चन्द्रकुमार केसीले गर्नुभएको थियो ।

सहकारीले म्याग्दीका सबै ६ वटा र छिमेकी जलजला गाउँपालिकाको १ गरी ७ वटा केन्द्रमा सहकारी शिक्षा तालिम सञ्चालन गर्ने सहकारीका बरिष्ठ प्रबन्धक बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच सहकारीले बैशाख १२ र १३ गते बेनीस्थित गणेशटोलमा कोर स्माइल डेन्टल क्लिनिकमा निशुल्क दन्त शिविरको समेत आयोजना गरेको छ ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP