२०८० मंसिर १७
December 3, 2023, Sunday

धौलागिरी सहकारीका सदस्यलाई सदस्य शिक्षा तालिम

न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। शनिबार बेनीबजारमा आयोजित कार्यक्रमको उद्घाटन गदैं सहकारीका निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँले सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गरी सहकारी आन्दोलनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

Advertisement

उहाँले सहकारीमार्फत सहज रुपमा वित्तिय सेवा प्रवाह, आर्थिक अवस्था कमजोर भएकालाई सहयोग तथा समुदायस्तरमा हुने विभिन्न गतिविधिमा समेत सहयोग पुगेको बताउँदै बजारमा सहकारी क्षेत्रलाई समाप्त पार्न अनेक तत्व लागेको भन्दै शेयर सदस्यहरु आत्तिन नहुने बताउनुभयो ।

Advertisement

सोही अवसरमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हरिप्रसाद पौडेलले सहकारीका सदस्यलाई नाफा आर्जनका मात्रै सहभागी नबनाई संरक्षित पूँजीफिर्ता कोषलाई परिचालन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमा कारोबार गर्ने सदस्यहरुमा मात्रै नाफा सहितको अन्य सेवा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

अहिले सहकारी क्षेत्रमाथि आक्रमण भइरहेको अवस्थामा सदस्यहरुले सहकारीमै कारोबार गर्नुपर्नेमा जोड दिनुभयो । म्याग्दीमा सहकारीमार्फत समुदायस्तरमा ठूलो लगानी भइरहेकाले सहकारीलाई सदस्य केन्द्रित बनाउनुपर्ने बताउनुभयो । सहकारी शिक्षा कार्यक्रममा ललितपुर सहकारी संघका सचिव अनिल बिर बज्राचार्य सहजीकरण गर्नुभएको थियो । धौलागिरी सहकारीका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षतामा भएको तालिमको स्वागत उपाध्यक्ष रामजीप्रसाद सु्बेदी र सञ्चालन सचिव चन्द्रकुमार केसीले गर्नुभएको थियो ।

सहकारीले म्याग्दीका सबै ६ वटा र छिमेकी जलजला गाउँपालिकाको १ गरी ७ वटा केन्द्रमा सहकारी शिक्षा तालिम सञ्चालन गर्ने सहकारीका बरिष्ठ प्रबन्धक बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच सहकारीले बैशाख १२ र १३ गते बेनीस्थित गणेशटोलमा कोर स्माइल डेन्टल क्लिनिकमा निशुल्क दन्त शिविरको समेत आयोजना गरेको छ ।

Related News

८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
  • २०८० बैशाख ९, शनिबार १६:१८

घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको...

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०८० बैशाख ९, शनिबार १६:१८

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०८० बैशाख ९, शनिबार १६:१८

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

TOP