२०८० मंसिर २२
December 8, 2023, Friday

कांग्रेस म्याग्दीको संगठन सुदृढीकरण अभियान

नेपाली कांग्रेस म्याग्दीको पालिका स्तरीय संगठन सुदृढीकरण अभियान सुरु भएको छ । शनिबारदेखि म्याग्दीका सबै छ वटै पालिकामा संगठन सुदृढीकरण ,शुद्धिकरण तथा संगठन विस्तार अभियान संचालन सुरु भएको हो । पहिलो चरण अन्तर्गत वडा र पालिकास्तरीय कार्यसमिति सदस्यहरु ,कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि क्रियाशिल सदस्य,भातृ तथा सुभेच्छुक संस्थाका पदाधिकारी संग अन्तरक्रिया र छलफल कार्यक्रम गरिएको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

Advertisement

२६ चैतमा बसेको जिल्ला कार्यसमितिको बैठकले पहिलो चरणमा ६ वटै पालिकामा सो अभियान संचालन गर्ने निर्णय गरेको हो । संघीय सांसद तथा जिल्ला सभापति खमबहादुुर गर्बुजा ‘खम्बिर’को सभापतित्वमा बसेको बैठकले अभियानलाई प्रभावकारी र सफल बनाउन सबै पालिकामा संयोजक तोकिएकाे थियाे ।

Advertisement

बेनी नगरपालिकामा वरिष्ठ नेता चिरञ्जीवि शर्मा ,धवलागिरी गाउँपालिकामा सचिव हिराबहादुर पुन, मंगला गाउँपालिकामा सचिव भरत रकाल ,मालिका गाउँपालिकामा पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत ,अन्नपुर्ण गाउँपालिकामा संविधानसभा सदस्य तथा कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँ र रघुगंगा गाउँपालिकामा उपसभापति हरिकुमार श्रेष्ठलाई संयोजकको रुपमा खटिनुभएको थियो ।

कार्यक्रममा कार्यकर्ताहरुले प्रशिक्षण कार्यक्रम संचालन गर्नुपर्ने ,नेतृत्व र कार्यकर्ताहरु विचमा नियमित अन्तरक्रिया हुनुपर्ने र नेतृत्व तहमा विभाजित नभई एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए । उनिहरुले पार्टीका सबै भातृ तथा सुभेच्छुक संगठनहरुलाई चलालयमान बनाउन आग्रह गरे ।

साथै सोही अवसरमा स्थानीयीबासीबाट योजना छनौट र नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको छ । साथै पालिका र वडासंगको समन्वयमा वडा तहमा समेत अन्तरक्रिया र छलफल कार्यक्रम संचालन हुने कांग्रेस म्याग्दीले जनाएको छ ।

पार्टीको सामुहिक जिवनलाई मजबुत बनाउन तथा पार्टी र जनताको सम्बन्धलाई अझ बलियो पार्न अभियानले सहयोग पु¥याएको बेनी नगरपालिका संयोजक वरिष्ठ नेता तथा अधिवक्ता चिरञ्जीवि शर्माले बताउनुभयो ।यसैगरी कांग्रेस अन्नपुर्ण गाउँपालिका कार्यसमितिको उपसभापतिमा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष केशमाया मगरलाई चयन गरिएको छ । नगरपालिकाको पृष्ठभुमी ,कांग्रेसको सांगठनिक अवस्था ,कमजोर हुनुका कारणहरु सम्बन्धी बेनी नगरपालिकाको राजनितिक प्रतिवेदनमा छलफल गरिएको थियो ।

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०८० बैशाख १०, आईतवार ०२:२४

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०८० बैशाख १०, आईतवार ०२:२४

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०८० बैशाख १०, आईतवार ०२:२४

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP