२०८३ असार ११
June 25, 2026, Thursday

अन्नपूर्ण गाउँपालिकामा गुराँस पदमार्ग सञ्चालन

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा गुँरास पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण चक्रीय पदमार्गको घोडेपानी–पुनहिबाट अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गको मोहरेडाँडा जोड्ने पदमार्ग सञ्चालन भएको हो । 

Advertisement

अन्नपूर्ण गाउँपालिकाको वडा नं ६, ७ र ८ लाई समेटेको यो पदमार्गलाई गुराँस ‘ट्रेल’का रूपमा विकास गर्न खोजिएको छ । अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणमा आउने पर्यटकको बसाइ लम्बाउन गुराँस ट्रेल सञ्चालन गरिएको बताए । 

Advertisement

‘सडक यातायातको पहुँचसँगै छोटिएको अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको बसाइ लम्बाउन नयाँ पदमार्ग सञ्चालन गरिएको हो,’ उनले भने, ‘गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गलमा भएकाले यसलाई गुराँस ट्रेल नामकरण गर्न प्रस्ताव गरेका छौँ ।’

गुराँसको जङ्गलको पाखोको बीचमा रहेको डाँडैडाँडामा गोठाला आवतजावत गर्ने पुरानो बाटोलाई पदमार्ग बनाइएको हो । तीनदेखि चार घन्टामा पार गर्न सकिने पुनहिल–मोहरेडाँडा पदमार्गबाट धवलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमशृङ्खला, सूर्योदय, वन्यजन्तु, पशुगोठ, म्याग्दी, पर्वत, कास्की र पर्वतको पहाडी भूगोल, वनस्पति, चराचुरुङ्गी र वन्यजन्तुको अवलोकन गर्न सकिन्छ ।

एकान्त वातावरणमा दृश्यावलोकन गर्दै पदयात्रा गर्दा पर्यटकले रमाइलो महसुस गर्ने फ्रान्सका पर्यटक भ्रमण गराउन आएका पर्यटन व्यवसायी दीपन क्षेत्रीले बताए । 

पर्यटकको सुविधाका लागि बस्तीबाट टाढा रहेको मोहरेडाँडामा ८० जना क्षमताको सामुदायिक लज सञ्चालन भएको छ । लजका व्यवस्थापक नवीन पुनले याममा दैनिकरूपमा पर्यटक आगमन हुने गरेको बताए । ‘चैत–वैशाख र असोज–कात्तिकको याममा पर्यटक दिन खाली नगरी आउँछन्,’ उनले भने, ‘देशका विभिन्न ठाउँबाट भ्रमणमा आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दो छ ।’

मोहरेडाडाबाट नागी, फलामेडाँडा, लेस्पार, फूलबारी, करबाकेली, प्यारीभारानी, टिकोट र पुनहिल–घोडेपानी जान सकिन्छ । फलामेडाँडा–मोहरे–पुनहिल–घोडेपानी–घान्द्रुक पदमार्गको भ्रमणमा आएका पोखराका महेश पुनले सहरको कोलाहलबाट टाढा रहेर एकान्त वातावरण र मनमोहक दृष्यावलोकन गर्दै यात्रा गर्न पाएको बताए ।
 
गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले प्रदेश सरकारको सशर्त शीर्षकको रु ३० लाख अनुदानबाट गाउँपालिकामार्फत करबाकेली–मोहरेडाँडा पदमार्ग निर्माण थालिएको, घोडेपानी नजिकै कालीसारमा रु २० लाखमा गुराँसपार्क निर्माण भइरहेको बताउनुभयो । मोहरेडाँडा–पुनहिल गुराँस ट्रेललाई आगामी वर्षको योजनामा समेटिने उनले बताए । रासस

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP