२०८० मंसिर २२
December 8, 2023, Friday

अन्नपूर्ण गाउँपालिकामा गुराँस पदमार्ग सञ्चालन

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा गुँरास पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण चक्रीय पदमार्गको घोडेपानी–पुनहिबाट अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गको मोहरेडाँडा जोड्ने पदमार्ग सञ्चालन भएको हो । 

Advertisement

अन्नपूर्ण गाउँपालिकाको वडा नं ६, ७ र ८ लाई समेटेको यो पदमार्गलाई गुराँस ‘ट्रेल’का रूपमा विकास गर्न खोजिएको छ । अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणमा आउने पर्यटकको बसाइ लम्बाउन गुराँस ट्रेल सञ्चालन गरिएको बताए । 

Advertisement

‘सडक यातायातको पहुँचसँगै छोटिएको अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको बसाइ लम्बाउन नयाँ पदमार्ग सञ्चालन गरिएको हो,’ उनले भने, ‘गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गलमा भएकाले यसलाई गुराँस ट्रेल नामकरण गर्न प्रस्ताव गरेका छौँ ।’

गुराँसको जङ्गलको पाखोको बीचमा रहेको डाँडैडाँडामा गोठाला आवतजावत गर्ने पुरानो बाटोलाई पदमार्ग बनाइएको हो । तीनदेखि चार घन्टामा पार गर्न सकिने पुनहिल–मोहरेडाँडा पदमार्गबाट धवलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमशृङ्खला, सूर्योदय, वन्यजन्तु, पशुगोठ, म्याग्दी, पर्वत, कास्की र पर्वतको पहाडी भूगोल, वनस्पति, चराचुरुङ्गी र वन्यजन्तुको अवलोकन गर्न सकिन्छ ।

एकान्त वातावरणमा दृश्यावलोकन गर्दै पदयात्रा गर्दा पर्यटकले रमाइलो महसुस गर्ने फ्रान्सका पर्यटक भ्रमण गराउन आएका पर्यटन व्यवसायी दीपन क्षेत्रीले बताए । 

पर्यटकको सुविधाका लागि बस्तीबाट टाढा रहेको मोहरेडाँडामा ८० जना क्षमताको सामुदायिक लज सञ्चालन भएको छ । लजका व्यवस्थापक नवीन पुनले याममा दैनिकरूपमा पर्यटक आगमन हुने गरेको बताए । ‘चैत–वैशाख र असोज–कात्तिकको याममा पर्यटक दिन खाली नगरी आउँछन्,’ उनले भने, ‘देशका विभिन्न ठाउँबाट भ्रमणमा आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दो छ ।’

मोहरेडाडाबाट नागी, फलामेडाँडा, लेस्पार, फूलबारी, करबाकेली, प्यारीभारानी, टिकोट र पुनहिल–घोडेपानी जान सकिन्छ । फलामेडाँडा–मोहरे–पुनहिल–घोडेपानी–घान्द्रुक पदमार्गको भ्रमणमा आएका पोखराका महेश पुनले सहरको कोलाहलबाट टाढा रहेर एकान्त वातावरण र मनमोहक दृष्यावलोकन गर्दै यात्रा गर्न पाएको बताए ।
 
गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले प्रदेश सरकारको सशर्त शीर्षकको रु ३० लाख अनुदानबाट गाउँपालिकामार्फत करबाकेली–मोहरेडाँडा पदमार्ग निर्माण थालिएको, घोडेपानी नजिकै कालीसारमा रु २० लाखमा गुराँसपार्क निर्माण भइरहेको बताउनुभयो । मोहरेडाँडा–पुनहिल गुराँस ट्रेललाई आगामी वर्षको योजनामा समेटिने उनले बताए । रासस

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०८० बैशाख १६, शनिबार १५:२६

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०८० बैशाख १६, शनिबार १५:२६

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०८० बैशाख १६, शनिबार १५:२६

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP