२०८३ असार २६
July 10, 2026, Friday

महावीर पुनको आन्दोलनलाई सांसद गर्बुजाको समर्थन

म्याग्दी ।राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक बैज्ञानिक महावीर पुनको जारी आन्दोलनलाई प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले समर्थन जनाउनुभएको छ । आइतबार विहान एक प्रेस विज्ञप्ती जारी गर्दै सांसद गर्बुजाले महाविर पुनको जारी आन्दोलनमा ऐक्यवद्धता जनाउनुभएको हो ।

सांसद गर्बुजाले महावीर पुनका माग सम्बोधन गराउन सडक र सदनबाट आफुले आवाज उठाउने समेत प्रतिबद्धता जनाउनुभएको छ । म्याग्दीबाट निर्वाचित सांसद गर्बुजाले महावीर पुनका जयज माग पुरा गर्न समेत सरकारलाई आग्रह गर्नुभएको छ ।

‘नेपालका मुर्धन्य बैज्ञानिक म्याग्दी जिल्लाका धर्तीपुत्र महावीर पुनले ‘अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने लगायत माग सहित शुक्रबारदेखि सुरु गर्नुभएको आन्दोलनमा मेरो पुर्ण ऐक्यबद्वता छ,’ सांसद गर्बुजाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP