म्याग्दी ।राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक बैज्ञानिक महावीर पुनको जारी आन्दोलनलाई प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले समर्थन जनाउनुभएको छ । आइतबार विहान एक प्रेस विज्ञप्ती जारी गर्दै सांसद गर्बुजाले महाविर पुनको जारी आन्दोलनमा ऐक्यवद्धता जनाउनुभएको हो ।
सांसद गर्बुजाले महावीर पुनका माग सम्बोधन गराउन सडक र सदनबाट आफुले आवाज उठाउने समेत प्रतिबद्धता जनाउनुभएको छ । म्याग्दीबाट निर्वाचित सांसद गर्बुजाले महावीर पुनका जयज माग पुरा गर्न समेत सरकारलाई आग्रह गर्नुभएको छ ।
‘नेपालका मुर्धन्य बैज्ञानिक म्याग्दी जिल्लाका धर्तीपुत्र महावीर पुनले ‘अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने लगायत माग सहित शुक्रबारदेखि सुरु गर्नुभएको आन्दोलनमा मेरो पुर्ण ऐक्यबद्वता छ,’ सांसद गर्बुजाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...