२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

भुरुङ–तातोपानीमा गरिमाको एटिएम

म्याग्दीको पर्यटकीय स्थल भुरुङ्ग तातोपानीमा गरिमा विकास बैंकले एटिएम सेवा शुरु गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ मा पर्ने भुरुङ्ग तातोपानी म्याग्दीको प्रमुख पर्यटकीय स्थल हो । तातोपानीमा आउने र मुस्ताङ्ग–जाने आउने पर्यटकहरुलाई लक्षित गरेर शुरु गरिएको एटिएम सेवाको बुधबार गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र बैंकका बोर्ड अफ डाइरेक्टर दिपेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभयो ।

Advertisement


गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको अध्यक्षता, लजिस्टिक एण्ड जनरल सर्भिस विभागका प्रमुख अनुमान श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रमको समापन बोर्ड अफ डाइरेक्टर दिपेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

Advertisement


कार्यक्रममा प्रमुख अतिथि पुनले बैंक तथा वित्तीय संस्थाको सेवालाई घरघरसम्म विस्तार गर्नुपर्ने बताउदै प्रविधियुक्त सेवाले आर्थिक कारोबारमा सहज भएको बताउनुभयो । भुरुङ्ग तातोपानी भएर मुस्ताङ्ग जाने आउने पर्यटकहरुलाई एटिएम काउन्टरले सहज हुने अपेक्षा गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत ढकालले गरिमा विकास बैंकले सेवाग्राहीको सहजताको लागि सेवालाई समय अनुकुल प्रविधिमैत्री बनाउदै लगेको बताउनुभयो । गरिमा बैंकको नेपालभर १२१ वटा शाखा र ५० वटा एटिएम काउन्टर रहेका छन् ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP