२०८३ असार ५
June 19, 2026, Friday

सेन्देशमुलक गीत गाउँदै रेडक्रस दिवस मनाईयो (भिडियो सहित)

म्याग्दीको बेनीमा मानविय सेवाको बारेमा गीत गाएर रेडक्रस दिवस मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाको आयोजनामा बेनीको विरेन्द्रचोक स्थित पिपल चौतारीमा सन्देशमुलक गीत प्रस्तुत गरेर विश्व रेडक्रस दिवस मनाईएको हो ।

Advertisement

(79) जव चौतारीमा जेष्ठ नागरिक भावुक भए – YouTube

Advertisement

कलाकार कृष्ण जिसीले सारंगी बजाएर गीत गाउनुभएको थियो । सल्लैहो जोवन कल्लाई हो बोलको पुरानो भाकामा जिसीले गीत गाउँदा चौतारीमा जम्मा भएको रेडक्रसकर्मी तथा शितलता लिन बसेका अन्य ज्येष्ठ नागरिकहरु छमछमी नाचेका थिए ।

गायक जिसीले गाउनुभएको रम्दै हिड्छौ नाँच र गीतमा, सहयोग गछौँ आपत र विपतमा । चौतारीमा नाच्ने र गाउने, रगत दिएर ज्यान पनि बचाउने । बस्नु पर्छ सवको मन भित्र, सेवा गर्ने उदेश्य पवित्र लगायतका गीतका टुक्काहरुमा रेडक्रसकर्मीहरु उत्साहका साथ रमाएका थिए ।

गायक जिसीलाई गायीका देवि जिसी र गायक ध्रुव जिसीले साथ दिनुभएको थियो । विश्व रेडक्रस दिवस सन्देशमुलक गीत संगीतका साथमा मनाएको नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका सभापति अमर बानियाँले बताउनुभयो ।

कार्यक्रमा बेनी नगरपालिका प्रमुख सुरत केसीले विश्व रेडक्रस दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै मानवीय सेवामा समर्पित रहन आग्रह गर्नुभयो । कसैलाई परेको आपत र विपतको समयमा सहयोग गर्नु नै ठुलो धर्म भएको भन्दै रेडक्रसकर्मीहरुको भूमिकाको प्रशंसा समेत गर्नुभयो ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP