२०८० मंसिर २२
December 8, 2023, Friday

सेन्देशमुलक गीत गाउँदै रेडक्रस दिवस मनाईयो (भिडियो सहित)

म्याग्दीको बेनीमा मानविय सेवाको बारेमा गीत गाएर रेडक्रस दिवस मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाको आयोजनामा बेनीको विरेन्द्रचोक स्थित पिपल चौतारीमा सन्देशमुलक गीत प्रस्तुत गरेर विश्व रेडक्रस दिवस मनाईएको हो ।

Advertisement

(79) जव चौतारीमा जेष्ठ नागरिक भावुक भए – YouTube

Advertisement

कलाकार कृष्ण जिसीले सारंगी बजाएर गीत गाउनुभएको थियो । सल्लैहो जोवन कल्लाई हो बोलको पुरानो भाकामा जिसीले गीत गाउँदा चौतारीमा जम्मा भएको रेडक्रसकर्मी तथा शितलता लिन बसेका अन्य ज्येष्ठ नागरिकहरु छमछमी नाचेका थिए ।

गायक जिसीले गाउनुभएको रम्दै हिड्छौ नाँच र गीतमा, सहयोग गछौँ आपत र विपतमा । चौतारीमा नाच्ने र गाउने, रगत दिएर ज्यान पनि बचाउने । बस्नु पर्छ सवको मन भित्र, सेवा गर्ने उदेश्य पवित्र लगायतका गीतका टुक्काहरुमा रेडक्रसकर्मीहरु उत्साहका साथ रमाएका थिए ।

गायक जिसीलाई गायीका देवि जिसी र गायक ध्रुव जिसीले साथ दिनुभएको थियो । विश्व रेडक्रस दिवस सन्देशमुलक गीत संगीतका साथमा मनाएको नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका सभापति अमर बानियाँले बताउनुभयो ।

कार्यक्रमा बेनी नगरपालिका प्रमुख सुरत केसीले विश्व रेडक्रस दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै मानवीय सेवामा समर्पित रहन आग्रह गर्नुभयो । कसैलाई परेको आपत र विपतको समयमा सहयोग गर्नु नै ठुलो धर्म भएको भन्दै रेडक्रसकर्मीहरुको भूमिकाको प्रशंसा समेत गर्नुभयो ।

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०८० बैशाख २५, सोमबार १४:००

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०८० बैशाख २५, सोमबार १४:००

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०८० बैशाख २५, सोमबार १४:००

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP