२०८३ असार ५
June 19, 2026, Friday

बेनीमा ट्राफिक सप्ताह शुरु

म्याग्दीको सदरमुकाम बेनी बजारमा सोमबारदेखि ट्राफिक सप्ताह शुरु भएको छ ।
सडक अनुशासन कायम, सवारी दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउने उद्देश्यले सप्ताह आयोजना गरिएको हो । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सप्ताह मनाउन थालिएको हो ।

Advertisement

सप्ताहको पहिलो दिन बेनी बजारमा जनप्रतिनिधि, ट्राफिक प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यार्थी र व्यवसायीहरुले प्रभातफेरी गरेका थिए ।सर्वसाधारणहरुलाई ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउन सप्ताहव्यापी रुपमा कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख राजेन्द्र पौडेलले बताउनुभयो ।

Advertisement

‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल नाराका साथ ¥यालीको आयोजना गरिएको थियो । विरेन्द्रचोकबाट शुरु भएको ¥याली न्युरोड, क्याम्पसचोक, अस्पतालचोक, कालीपुल, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै जिल्ला समन्वय समितिका सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र प्रहरी नायव उपरीक्षक मदन कुँवरले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP