Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

बेनीमा ट्राफिक सप्ताह शुरु

म्याग्दीको सदरमुकाम बेनी बजारमा सोमबारदेखि ट्राफिक सप्ताह शुरु भएको छ ।
सडक अनुशासन कायम, सवारी दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउने उद्देश्यले सप्ताह आयोजना गरिएको हो । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सप्ताह मनाउन थालिएको हो ।

Advertisement

सप्ताहको पहिलो दिन बेनी बजारमा जनप्रतिनिधि, ट्राफिक प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यार्थी र व्यवसायीहरुले प्रभातफेरी गरेका थिए ।सर्वसाधारणहरुलाई ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउन सप्ताहव्यापी रुपमा कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख राजेन्द्र पौडेलले बताउनुभयो ।

Advertisement

‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल नाराका साथ ¥यालीको आयोजना गरिएको थियो । विरेन्द्रचोकबाट शुरु भएको ¥याली न्युरोड, क्याम्पसचोक, अस्पतालचोक, कालीपुल, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै जिल्ला समन्वय समितिका सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र प्रहरी नायव उपरीक्षक मदन कुँवरले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!