म्याग्दीको जेसिजको रजत जयन्तीको अवसरमा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता हुने भएको छ ।
जेसिजको दोस्रो संचालक समितिको बैडकले आगामी जेठ १५गते १९ औँ स्करणको जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता संचालन गर्ने निर्णय गरेको म्याग्दी जेसिजका शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो ।
जिल्ला स्तरीय लोक नृत्यमा प्रथम हुने विद्यालले नगद १२००० रनिङ शिल्ड, द्धितिय हुने विद्यालयले ७०००, तृतिय हुने विद्यालयले ४००० नगद, रनिङ शिल्ड ट्रफि, मेडल र प्र्रमाण पत्र पाउने वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक विष्मा श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त नृत्य प्रतियोगितामा जिल्ला भित्रका विद्यालयहरुले मात्र सहभागिता जनाउन पाउनेछन् । सेजिजले आयोजना गर्ने यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रोत्साहन मिल्ने गरेको छ ।
साथमा आउदो असोज ४ र ५ गते म्याग्दी जेसिजको आथित्थ्यतामा नेपाल जेसिज क्षेत्र ख को सम्मेलन समेत बेनीमा आयोजना हुने म्याग्दी जेसिजले जनाएको छ । यसले जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।
२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...
सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...
खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...