२०८३ असार ५
June 19, 2026, Friday

धवलागिरीलाई पूर्ण खोपयुक्त घोषणा

म्याग्दीको धवलागिरी गाउँपालिकालाई बिहिबार पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।

Advertisement

राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाका सात वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाहरुले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक लेखनाथ सम्झना के.सीले बताउनुभयो ।

Advertisement

१६ देखि ५९ महिना उमेर समूहका २९६ जना बालबालिकाहरुले तोकिएको सबै खोप लगाएका छन् । विभिन्न रोगका विरुद्ध विसीजी, डिपिटि, हेब्बी, पोलियो, रोटा, दादुरा, रुवेला, जेई लगायत १३ प्रकारका खोप लगाएका स्वास्थ्य शाखा संयोजक केसीले बताउनुभयो ।

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले बालबालिकाहरुले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । मुनामा एक कार्यक्रमका बिच पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रम गरिएको हो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, सामाजिक समितिका संयोजक देवेन्द्र रोका लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य र स्वास्थ्य कर्मीहरुको उपस्थितिमा घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP