२०८१ फाल्गुन ४
February 16, 2025, Sunday

धवलागिरीलाई पूर्ण खोपयुक्त घोषणा

म्याग्दीको धवलागिरी गाउँपालिकालाई बिहिबार पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।

Advertisement

राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाका सात वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाहरुले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक लेखनाथ सम्झना के.सीले बताउनुभयो ।

१६ देखि ५९ महिना उमेर समूहका २९६ जना बालबालिकाहरुले तोकिएको सबै खोप लगाएका छन् । विभिन्न रोगका विरुद्ध विसीजी, डिपिटि, हेब्बी, पोलियो, रोटा, दादुरा, रुवेला, जेई लगायत १३ प्रकारका खोप लगाएका स्वास्थ्य शाखा संयोजक केसीले बताउनुभयो ।

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले बालबालिकाहरुले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । मुनामा एक कार्यक्रमका बिच पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रम गरिएको हो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, सामाजिक समितिका संयोजक देवेन्द्र रोका लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य र स्वास्थ्य कर्मीहरुको उपस्थितिमा घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० बैशाख २८, बिहीबार १५:३५

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० बैशाख २८, बिहीबार १५:३५

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० बैशाख २८, बिहीबार १५:३५

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP