२०८० मंसिर २२
December 8, 2023, Friday

नगरपालिकाले भाडामा दिएको जग्गाको अवरोध नहटेपछि पत्रकार महासंघको भवन निर्माणमा अन्योल

नेपाल पत्रकार महासंघ म्याग्दीको भवन निर्माण योजना अन्यौल बनेको छ । बेनी नगरपालिकाले महासंघलाई भाडामा लगाएको जग्गाको अवरोध नहटेपछि जेठ ३ गते तय भएको महासंघको अस्थायी भवनको शिलान्यास कार्यक्रम स्थगीत हुन पुगेको छ । महासंघले बुधवार अस्थायी भवन निर्माण योजनाको शिलान्यास कार्यक्रम तय गरेर अतिथिहरुलाई पत्राचार समेत गरिसकेको भएपनि नगरपालिकासंग सम्झौता गरेर भाडा तिर्दै आएको जग्गामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोध नहटेपछि शिलान्यास कार्यक्रम नै स्थगित गरिएको जनाइएको छ ।

महासंघका सचिब सन्तोष गौतमद्धारा जारी प्रेस विज्ञप्तीमा नगरपालिकाको नाममा रहेको कित्ता नम्बर १४१९ को जग्गामा तीन बर्ष अघि नै सम्झौता भएपनि उक्त जग्गामा रहेको अस्थायी भवन र खाली जग्गा महासंघले अहिलेसम्म उपभोग गर्न नपाएको उल्लेख गरिएको छ । तत्कालिन खाद्य संस्थानको उक्त भवनमा नगरपालिकासंगको सम्झौता अनुसारको पूर्वाधार निर्माण र उपभोग गर्न नेकपा विप्लप समूह म्याग्दीले अवरोध गर्दै आएको महासंघले जनाएको छ ।

भवन शिलान्यासको कार्यक्रम तय गरेर पत्राचार भैसकेको अवस्थामा नेकपा म्याग्दीले जेठ १ गते उक्त जग्गाको सम्वन्धमा रहेको समस्याका बारेमा सरोकारवालासंग आवश्यक छलफल गर्न भनि महासंघलाई पत्राचार गरेपछि मंगलवार जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसेर छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा नगरप्रमुख सुरत केसी लगायत, प्रहरी, अनुसन्धान कार्यालयका प्रमुख, महासंघ र नेकपाका प्रतिनिधिहरुबिच भएको बैठक कुनै निर्णय विना टुंगीएको र नगरप्रमुख केसीले एक महिनाभित्र जग्गा खाली गर्ने प्रतिबद्धता जनाएपछि भवन शिलान्यास कार्यक्रमलाई तत्काललाई स्थगीत गरिएको महासंघले विज्ञप्ती मार्फत जनाएको छ । भवन अभाबमा नेपाल पत्रकार महासंघको कार्यालय नीजी घरको कोठा भाडामा लिएर सञ्चालनमा रहेको छ ।

Advertisement

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०८० जेष्ठ ३, बुधबार १६:१७

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०८० जेष्ठ ३, बुधबार १६:१७

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०८० जेष्ठ ३, बुधबार १६:१७

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP