२०८३ असार २७
July 11, 2026, Saturday

नगरपालिकाले भाडामा दिएको जग्गाको अवरोध नहटेपछि पत्रकार महासंघको भवन निर्माणमा अन्योल

नेपाल पत्रकार महासंघ म्याग्दीको भवन निर्माण योजना अन्यौल बनेको छ । बेनी नगरपालिकाले महासंघलाई भाडामा लगाएको जग्गाको अवरोध नहटेपछि जेठ ३ गते तय भएको महासंघको अस्थायी भवनको शिलान्यास कार्यक्रम स्थगीत हुन पुगेको छ । महासंघले बुधवार अस्थायी भवन निर्माण योजनाको शिलान्यास कार्यक्रम तय गरेर अतिथिहरुलाई पत्राचार समेत गरिसकेको भएपनि नगरपालिकासंग सम्झौता गरेर भाडा तिर्दै आएको जग्गामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोध नहटेपछि शिलान्यास कार्यक्रम नै स्थगित गरिएको जनाइएको छ ।

महासंघका सचिब सन्तोष गौतमद्धारा जारी प्रेस विज्ञप्तीमा नगरपालिकाको नाममा रहेको कित्ता नम्बर १४१९ को जग्गामा तीन बर्ष अघि नै सम्झौता भएपनि उक्त जग्गामा रहेको अस्थायी भवन र खाली जग्गा महासंघले अहिलेसम्म उपभोग गर्न नपाएको उल्लेख गरिएको छ । तत्कालिन खाद्य संस्थानको उक्त भवनमा नगरपालिकासंगको सम्झौता अनुसारको पूर्वाधार निर्माण र उपभोग गर्न नेकपा विप्लप समूह म्याग्दीले अवरोध गर्दै आएको महासंघले जनाएको छ ।

भवन शिलान्यासको कार्यक्रम तय गरेर पत्राचार भैसकेको अवस्थामा नेकपा म्याग्दीले जेठ १ गते उक्त जग्गाको सम्वन्धमा रहेको समस्याका बारेमा सरोकारवालासंग आवश्यक छलफल गर्न भनि महासंघलाई पत्राचार गरेपछि मंगलवार जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसेर छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा नगरप्रमुख सुरत केसी लगायत, प्रहरी, अनुसन्धान कार्यालयका प्रमुख, महासंघ र नेकपाका प्रतिनिधिहरुबिच भएको बैठक कुनै निर्णय विना टुंगीएको र नगरप्रमुख केसीले एक महिनाभित्र जग्गा खाली गर्ने प्रतिबद्धता जनाएपछि भवन शिलान्यास कार्यक्रमलाई तत्काललाई स्थगीत गरिएको महासंघले विज्ञप्ती मार्फत जनाएको छ । भवन अभाबमा नेपाल पत्रकार महासंघको कार्यालय नीजी घरको कोठा भाडामा लिएर सञ्चालनमा रहेको छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP