२०८३ असार २६
July 10, 2026, Friday

बेनीको न्यूरोडमा २० लाख लगानीमा ‘कफी सफ’ संचालन

म्याग्दीको बेनी बजारमा एक युवाले २० लाख लगानीमा कफी सप संचालनमा ल्याएउनुभएको छ । जिल्लाको मंगला गाउँपालिका–४ बंरजाका दुर्गा कंडेल (डिएल कंडेल)ले बैदेशीक मोह त्यागेर बेनी नगरपालिका–७ न्यूरोडमा पि एण्ड पि बेकरी एण्ड क्याफे संचालनमा ल्याउनुभएको हो ।

पछिल्लो समय अधिकांश युवाहरुले वैदेशीक रोजगारीका लागि विदेशीने गरेको बेला कंडेलले आफ्नो ठाउँमा नै केही उद्यमशिलता गर्ने उद्देश्यका साथ क्याफे संचालन गरेको बताउनुभयो ।

उहाँले संचालन गरेको कफी सपमा सम्पूर्ण स्वादको कफी संगै बेकरी परिकार समेतको स्वाद लिन पाहिनेछ । उहाँले संचालन गरेको कफि सपमा ३ जना र बेकरीमा गरि ५ जना गरि ८ जनाले रोजगारी समेत पाएका छन् ।

पछिल्लो समयमा बेनीमा कफी पारखी बढ्दै गएको तर कफीका लागी नै भनेर कुनै पनि सफ नभएकाले यसले केही भएपनि सहज हुने उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले बताउनुभयो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP