२०८० मंसिर २२
December 8, 2023, Friday

महिला संघ म्याग्दीको अध्यक्षमा निर्मला श्रेष्ठ चयन

नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा निर्मला श्रेष्ठ चयन हुनुभएको छ । नेपाली कांग्रेस निकट संघको शुक्रबार सम्पन्न बेनीमा सम्पन्न महिला संघ जिल्ला कार्यसमितिको पुनर्गठनबाट उपाध्यक्षमा सिर्जना श्रेष्ठ,सचिवद्धय पुस्पा पौडेल घिमिरे,केशमाया मगर,कोशाध्यक्षमा स्यानीमाया कार्की र सहसचिवमा सुगम श्रेष्ठ चयन हुनुभएको नेपाली कांग्रेस म्याग्दीका सचिव एवं संयोजक भरत बहादुर रकालले जानकारी दिनुभयो ।

कार्यसमिति सदस्यहरुमा गिता रोका चन्द्र शाही, बबिता सापकोटा ,रबिना भट्टचन ,सिता शर्मा ,प्रकृति भण्डारी , मन्जु केसी र बालकुमारी खत्री रहनुभएको छ । साथै कार्यक्रममा निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन र लेखक अजयमिलन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्य तथा कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँले उद्घाटन गदैं पार्टीका गतिविधिलाई निरन्तर र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । सोही अवसरमा कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ,सांसद गौचन,सचिव रकाल, पूर्व सहसभापति नेत्रबहादुर महत लगायतका नेताहरुले आफ्नो भनाई राख्नुभएको थियो ।

Advertisement

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०८० जेष्ठ १३, शनिबार ०२:२१

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०८० जेष्ठ १३, शनिबार ०२:२१

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०८० जेष्ठ १३, शनिबार ०२:२१

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP