नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा निर्मला श्रेष्ठ चयन हुनुभएको छ । नेपाली कांग्रेस निकट संघको शुक्रबार सम्पन्न बेनीमा सम्पन्न महिला संघ जिल्ला कार्यसमितिको पुनर्गठनबाट उपाध्यक्षमा सिर्जना श्रेष्ठ,सचिवद्धय पुस्पा पौडेल घिमिरे,केशमाया मगर,कोशाध्यक्षमा स्यानीमाया कार्की र सहसचिवमा सुगम श्रेष्ठ चयन हुनुभएको नेपाली कांग्रेस म्याग्दीका सचिव एवं संयोजक भरत बहादुर रकालले जानकारी दिनुभयो ।
कार्यसमिति सदस्यहरुमा गिता रोका चन्द्र शाही, बबिता सापकोटा ,रबिना भट्टचन ,सिता शर्मा ,प्रकृति भण्डारी , मन्जु केसी र बालकुमारी खत्री रहनुभएको छ । साथै कार्यक्रममा निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन र लेखक अजयमिलन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्य तथा कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँले उद्घाटन गदैं पार्टीका गतिविधिलाई निरन्तर र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । सोही अवसरमा कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ,सांसद गौचन,सचिव रकाल, पूर्व सहसभापति नेत्रबहादुर महत लगायतका नेताहरुले आफ्नो भनाई राख्नुभएको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...