२०८० आश्विन १३
September 30, 2023, Saturday

प्रकाश माविले विद्यार्थीहरुलाई छात्रवृत्ति, झोला र पुरस्कार वितरण

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले शुक्रवार विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति, झोला र पुरस्कार वितरण तथा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको हो ।

Advertisement

विद्यालयले एक कार्यक्रमको आयोजना गरी कक्षा १ देखि ५ सम्मका नवआगन्तुक विद्यार्थीहरुलाई अभिभावकको उपस्थितिमा निःशुल्क रुपमा झोला वितरण गरेको छ । यसअघि विद्यालयले गएको बैशाख महिनामा विद्यालय पोशाक वितरण गरेको थियो । कक्षा १ देखि ८ सम्मका छात्रा र दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

Advertisement

यसैगरी बालविकासदेखि कक्षा ९ सम्मका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ भने वार्षिक परीक्षा २०७९ सालमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक विनय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा १ देखि ८ सम्म छात्रवृत्ति पाउने छात्राहरु १ सय ७१ जना रहेका छन् ।

त्यस्तै दलित छात्रवृत्ति पाउने ४९ जना र निःशुल्क झोला पाउने विद्यार्थीहरु ३८ जना रहेको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले लोकगीत र नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रअ विनय श्रेष्ठ, शिक्षकद्वय डिलप्रसाद श्रेष्ठ र अमृता थापाले गर्नुभएको थियो ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य र सहायक प्रअ टेकप्रसाद सुवेदीको स्वागतमा सम्पन्न भएको थियो ।

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० जेष्ठ १४, आईतवार ०७:३६

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० जेष्ठ १४, आईतवार ०७:३६

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० जेष्ठ १४, आईतवार ०७:३६

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP