२०८० आश्विन १३
September 30, 2023, Saturday

बेनी नगरपालिकामा बेरुजुको चाँङ

बेनी नगरपालिकाका कर्मचारीहरुले कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको अघिल्लो आर्थिक वर्ष २०७८ ÷७९ को वार्षिक प्रतिवेदनमा नगरका कर्मचारीहरुले कार्यालयमा हाजिर गरेर भ्रमण भत्ता वापतको रकम बुझेको औंल्याएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत समेत अनियमित तवरले भत्ता बुझ्नेमा हुनुहुन्छ ।

Advertisement

नगरका शाखा अधिकृत (सूचना अधिकारी) युवराज थापाले १० हजार पाँचसय,लेखा प्रमुख माधव प्रसाद भुसालले दुईहजार सातसय र आकृति पौडेलले छ हजार पाँचसय रुपियाँ बुझेको प्रतिवेदनमा उल्लेख छ । अधिकृत थापाले २०७८ फागुन २६ गते देखि चैत २ गते सम्मको,लेखापाल भुसालले २०७८ भदौं २५ देखि २७ गते सम्म र पौडेलले २०७८ असोज १२ देखि १६ गते सम्म भ्रमण अवधि रहेको छ । उक्त समयमा ति कर्मचारीहरु कार्यालयमा हाजिर भएकाले बुझेको रकम नियम विपरित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Advertisement

भ्रमण खर्च नियमावली २०६४ को नियम ४ बमोजिम भ्रमण खर्च किफायती हुनुपर्ने र अनुसूची ६ को ढाँचामा अभिलेख राख्नुपर्ने व्यवस्था छ । नगरपालिकाले नियम विपरित कर्मचारीहरुलाई कार्यालयमा उपस्थित समयमा भ्रमण भत्ता उपलब्ध गराएको उक्त रकम असूल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले पनि नियम विपरित भत्ता बुझेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक अनुशासन कायम गर्ने प्रमुख जिम्मेवारी पदमा रहनुभएका ढकालले २४ हजार आठ सय रुपियाँ बुझेकाले असूलउपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ढकालले २०७८ माघ १२ गते आर्थिक कार्यविधि नियमावली २०७७ को नियम ३९ (११) मा सरकारी खर्च गर्दा वा कुनै आर्थिक कारोबार गर्दा कार्यालय प्रमुखले सरकारी रकम हानी नोक्सानी नहुने प्रबन्ध मिलाउनुपर्ने व्यवस्था छ । स्वास्थ्यकर्मीहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम संचालन भएको समय २०७८ कार्तिक ११ देखि १८ गते सम्म ढकाल कार्यक्रम संचालन भएको समयमा कार्यालयमा हाजिर रहेको र उक्त समयमा कार्यक्रम वापतको भत्ता बुझेकाले असूल उपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी स्वास्थ्य संयोजक लिला गौतम ले १० हजार छ सय रुपियाँ नियमविपरित बुझेको उल्लेख छ । यसैगरी २०७९ असार २५ गतेको लेखामा २०७९ असार २२ सम्मको भ्रमण भत्ता राखी करुणा थापा मगरको नाममा २०७९ असार २७ देखि ३२ सम्म डिल्लीराज आचार्यको नाममा र २०७९ असार २१ देखि २६ सम्मको भ्रमण भत्ता राखी स्वास्थ्य संयोजक गौतमको नाममा भुक्तानी भएको ३४ हजार ६०० असूल उपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० जेष्ठ १७, बुधबार १६:३५

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० जेष्ठ १७, बुधबार १६:३५

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० जेष्ठ १७, बुधबार १६:३५

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP