२०८३ असार १
June 15, 2026, Monday

रघुगङ्गा गाउँपालिकामा दुई वटा चिस्यान गृह निर्माण

रघुगङ्गा गाउँपालिकामा दुई चिस्यान गृह निर्माण गरिएका छन् । गाउँपालिकाले फलफूल र तरकारी भण्डारण गर्न वडा नं २ को भगवतीमा २५ हजार र वडा नं ५ को झिँमा २० हजार किलोग्राम क्षमताका चिस्यान गृह निर्माण गरेको हो ।

Advertisement

कृषकले उत्पादन गरेका सुन्तला जात फलफूल र तरकारीलाई भण्डारण तथा बजारीकरणका लागि चिस्यान गृह बनाइएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । “चिस्यान गृह भएपछि कृषि उपजलाई बेमौसममा बढी मूल्य पार्न सकिनुका साथै बजार नपाउने समस्या पनि हट्ने अपेक्षा गरेका छौँ”, उनले भने, “सुन्तला, आलुलगायत तरकारी तथा फलफूललाई दुईदेखि पाँच महिनासम्म समय भण्डारण गरेर राख्न सकिन्छ ।”

Advertisement

माघ–फागुनमा बेग, भगवती, पिप्ले, दग्नाम, झिँ, पात्लेखेत, पाखापानीमा उत्पादन भएको सुन्तला र भदौ र असोजमा कुहिने, चिमखोलाको आलु, दौडे भण्डारण गर्ने योजना बनाइएको छ ।  चिस्यान गृहको भवनमा फलफूल र तरकारीलाई ताजा बनाइराख्ने अनुकूलित हावापानी बनाउने उपकरण जडान गरिएको छ ।

मौसममा उचित मूल्य नपाउने समस्या पनि चिस्यान गृह सञ्चालन भएपछि हट्ने अपेक्षा गरिएको छ । झिँमा रु २१ लाख ७८ हजारको लागतमा चिस्यान गृह निर्माण भएको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिए ।

“उपभोक्ता समितिसँग रु २३ लाख ४६ हजार छ सय ६७ मा सम्झौता भएको थियो”, उनले भने, “गाउँपालिकाले रु १९ लाख ६० भुक्तानी गरेको, उपभोक्ताले रु दुई लाख १७ हजार छ सय ६० बराबरको श्रमदान गरेका छन् ।”

सङ्घीय सरकारले शसर्त अनुदान शीर्षकमा रु ११ लाख विनियोजन गरेको चिस्यान गृह बनाउनमा गाउँपालिकाले पनि रु ११ लाख विनियोजन गरेको थियो । भगवतीको चिस्यान गृह बनाउन डोलेश्वर महादेव कन्ट्रक्सन एण्ड सप्लायर्सले करबाहेक रु ७९ लाख ७० हजार ८४ मा ठेक्का सम्झौता गरेको थियो ।

चिस्यान गृहको भवन निर्माण र उपकरण जडानको काम सकेर हस्तान्तरणको चरणमा छन् । यसअघि गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा २० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण गरिएको थियो ।

बेनी नगरपालिकाले वडा नं ४ सिंगामा तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार बनाउन सुरु गरेको छ । रु एक करोड ८३ लाख ४४ हजार तीन सय ७२ लागत अनुमान गरिएको चिस्यान गृह बनाउन राजेशबाबु निर्माण सेवा जाजरकोटसँग रु एक करोड ५१ लख २० हजार सात सय ३८ मा गत फागुन तेस्रो साता सम्झौता भएको नगरपालिकाका इञ्जिनियर विमलरञ्जन कार्कीले बताए । आगामी असार मसान्तसम्म सम्झौताको म्याद रहेको सो योजनाको निर्माण कम्पनीले जग्गा व्यवस्थापन र पर्खाल निर्माणको काम सुरु गरेको हो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP