२०८३ असार २६
July 10, 2026, Friday

मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवस


मानव अधिकार तथा शान्ति समाजको २८ औ स्थापना दिवस शुक्रबार बेनीमा मनाइएको छ ।
समाजको म्याग्दी शाखाले बेनी स्थित जिल्ला प्रशासन कार्यालय अगाडीको चौतारीमा आयोजना गरेको कार्यक्रममा “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयको संस्थाको अवधारणापत्र सार्वजनिक गरिएको थियो ।
शाखा सदस्य सन्तोष ढुङ्गानाले समाजको मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा सद्भाव, सहिषुणता, सामाजिक न्यायको आन्दोलन, जगतमुखी, जिवनमुखी, सेवामुखी उद्देश्य, स्वमसेवी, स्वाभलम्बी आन्दोलन र मानवताको उच्चतम अभिव्यक्ती सम्बन्धी समाजको अवधारणापत्र बाचन गर्नुभएको थियो ।
मानव अधिकारको संरक्षणदेखि मानवताको उच्चतम अभिव्यक्तिलाई जीवनका हरेक क्षेत्रमा प्रतिबिम्वित गर्ने सन्देश अवधारणापत्रमा समेटिएको छ । कार्यक्रमका प्रमुख वक्ता जेष्ठ नागरिक समाज म्याग्दीका उपाध्यक्ष समय आन्दोलनको साथै पछिल्लो समय उठाएको भ्रष्ट्राचार विरुद्धको अभियान र वातावरणीय मुद्दालाई थप शशक्त बनाउन सुझाव दिनुभयो ।
समाजका पुर्व बरिष्ठ उपाध्यक्ष रामजीप्रसाद सुवेदीले राजनीतिक नेतृत्वको कार्यशैलीमा सुधार नआउँदा नागरिकले सास्ती खेप्नुपरेको टिप्पणी गर्नुभयो । शुसासन, पारदर्शीता, भ्रष्ट्राचारको अन्त्य र सामाजिक न्यायको आवश्यकतामा जोड दिनुभयो ।
समाजका शाखा सभापति सन्तोष गौतमको अध्यक्षता र सचिव मुकुन्दप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष बिष्णुप्रसाद आचार्यले स्वागत गर्नुभएको थियो । २०५३ जेठ १९ गते स्थापना भएको समाजको संस्थापक सभापति कृष्ण पहाडी हुनुहुन्छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP