२०८३ असार १
June 15, 2026, Monday

वाइसीएल मालिकाको नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्र निकट युवा संगठन योगं कम्युनिष्ट लिग (वाईसिएल) मालिका गाउँपालिका कमिटिको नयाँ नेतृत्व चयन भएको छ ।
गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार सम्पन्न वाइसीएल मालिकाको दोस्रो सम्मेलनबाट तेजेन्द्र पुनको अध्यक्षतामा कार्यसमिति चयन भएको हो ।

Advertisement

समितिको उपाध्यक्षमा टंकलाल पौडेल, सचिवमा प्रवेश फगामी, सहसचिवमा भिम रोका, कोषाध्यक्षमा तुलमाया रोका चयन हुनुभएको छ ।

Advertisement

वाइसीएलका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज नगेन्द्र केसी, नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटिका अध्यक्ष अनुप गौचन लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।

कार्यक्रममा सहभागिहरुले गाउँ, टोल देखिनै विकृति, बेथितिका विरुद्धको भण्डाफोर, सिर्जनशिल र सामाजिक कार्यमा सहभागिता, विकास निर्माणमा युवाहरुलाई परिचालन गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।
सरकारले भ्रष्ट्राचार र बेथितिका विरुद्ध, सुशासन, नागरिक अधिकार, संविधानको कार्यान्वयनका लागि चालेका कदमलाई निरन्तरता दिदै विकासका गतिबिधिलाई अघि बढाउनुपर्ने सहभागिको भनाई थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP