म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती सडकखण कालोपत्रेको काम सुरु गरिएको छ। गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजना अन्तरगत रघुगंगाको वडा नम्बर ३ पिप्ले स्कुल चोकदेखि २ को भगवती मैदानसम्मको ४.४ किलामिटर कालोपत्रे काम सुरु भएको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका अधिकृत अर्जुन शर्माले पिप्ले चोकदेखि भगवती मैदानसम्मको चार किलोमिटर चारसय मिटर सडकको कालापत्रे गर्नका लागि बेस र सबवेसको काम सकेर कालोपत्रे गर्नका लागि प्राइमकोट बिछ्याउन थालिएको बताउनुभयो । उहाँले यस खण्डमा प्राईमकोड राख्ने काम सकेर ट्याककोर्ट गरिने जानकारी दिनुभयो । मोटो चिम्स र मसिनो चिप्स राखेर ट्याककोर्ट गरेपछि केही दिन सवारी साधन आवातजावात गरे प्रश्चात डिविएसडी प्रविधिको पिच गरिने अधिकृत शर्माले बताउनुभयो । ट्याककोर्ट गरेपछि विस्तारै सवारीसाधन चलाउन यातायात ब्यवसायीलाई पूर्वाधार विकास कार्यालयले आग्रह गरेको छ।
निर्माण ब्यवसायीले लापरबाहीले चारबर्षदेखि थलिएको यस सडकमा निर्माण कम्पनीले ११ करोड १४ लाख ९० हजार भुक्तानी लगेको पुर्वाधार विकास कार्यालयले जनाएको छ। गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र १ नमुना सडक कार्यक्रम’ अन्तर्गत विसं २०७६ देखि सुरु भएको आयोजनाको एपेक्स–खड्का कृष्ण जेभीले रु १८ करोड ४९ लाख ८३८ मा ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेसको एक निर्वाचन क्षेत्र एक नमुना सडक आयोजना अन्तरगत तत्कालिन प्रदेश सभा सदस्य विनोद केसीको सिफारिसमा यो सडक कालोपत्रेका लागि बजेट विनियोजन भएको थियो ।
गण्डकी प्रदेश सांसद हरी भण्डारी, पुर्व सांसद बिनोद केसीको टोलीले सडक कालोपत्रको कामको अनुगमन गर्नुभएको थियो । प्रदेश सदस्य हरिबहादुर भण्डारीले धेरै प्रयास गरेर निर्माण व्यवसायीलाई काममा फर्काएर कालोपत्र गर्ने अवस्थासम्म सडक आएको बताउनुभयो । वडा, पालिका, जिल्ला, प्रदेश र संघीय जनप्रतिनिधिहरुले पिप्ले–भगवति सडक आयोजना निर्माणलाई गति दिन दवाव, सहजिकरण र समन्वय गर्नुभएको थियो ।
गलेश्वरदेखि बगैँचा र बगैँचादेखि रघुगङ्गा माविको भवन अगाडिसम्मको करिब तीन किलोमिटर सडकमा पहिरोले काम नगर्ने भएपछि त्यहाँको बजेटको काम मैदानदेखि माथि साझपानी बेग जाने बाटोको सडक फराकिलो र ढलान काम अघि बढेको अधिकृत शर्माले बताउनुभयो ।
यो सडक स्तरोन्नति भएपछि पिप्ले, भगवती र बेगखोलाका तीन हजारभन्दा बढी घरधुरी लाभान्वित हुने छन् । सदरमुकाम बेनी देखि गलेश्वर, पिप्ले र भगवती हुदै बेग सडक कालोपत्रे भएमा रघुगंगाबासीलाई आवातजावतमा सहज, कृषिउपज निकासी, खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानीका साथै बिरामीलाई समयमै अस्पताल पु¥याउन सकिने वडानम्वर २ का वडाअध्यक्ष अमृत भण्डारीले बताउनुभयो । यस सडकको ट्रयाक विसं २०६४ मा खोलिएको थियो । कालोपत्रे गर्ने समयमा बैकल्पिक बाटो प्रयोग गर्न यातायात ब्यवसायीलाई आग्रह गरिएको छ।
FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...
FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...