२०८२ मंसिर २०
December 5, 2025, Friday

गलेश्वर–भगवती सडकमा कालोपत्रे काम सुरु

म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती सडकखण कालोपत्रेको काम सुरु गरिएको छ। गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक  आयोजना अन्तरगत रघुगंगाको वडा नम्बर ३ पिप्ले स्कुल चोकदेखि २ को भगवती मैदानसम्मको ४.४ किलामिटर कालोपत्रे काम सुरु भएको हो ।

Advertisement

पूर्वाधार विकास कार्यालय म्याग्दीका अधिकृत अर्जुन शर्माले पिप्ले चोकदेखि भगवती मैदानसम्मको चार किलोमिटर चारसय मिटर सडकको कालापत्रे गर्नका लागि बेस र सबवेसको काम सकेर कालोपत्रे गर्नका लागि प्राइमकोट बिछ्याउन थालिएको बताउनुभयो । उहाँले यस खण्डमा प्राईमकोड राख्ने काम सकेर ट्याककोर्ट गरिने जानकारी दिनुभयो । मोटो चिम्स र मसिनो चिप्स राखेर ट्याककोर्ट गरेपछि केही दिन सवारी साधन आवातजावात गरे प्रश्चात डिविएसडी प्रविधिको पिच गरिने अधिकृत शर्माले बताउनुभयो । ट्याककोर्ट गरेपछि विस्तारै सवारीसाधन चलाउन यातायात ब्यवसायीलाई पूर्वाधार विकास कार्यालयले आग्रह गरेको छ।

Advertisement


निर्माण ब्यवसायीले लापरबाहीले चारबर्षदेखि थलिएको यस सडकमा निर्माण कम्पनीले ११ करोड १४ लाख ९० हजार भुक्तानी लगेको पुर्वाधार विकास कार्यालयले जनाएको छ। गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र १ नमुना सडक कार्यक्रम’ अन्तर्गत विसं २०७६ देखि सुरु भएको आयोजनाको एपेक्स–खड्का कृष्ण जेभीले रु १८ करोड ४९ लाख ८३८ मा ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेसको एक निर्वाचन क्षेत्र एक नमुना सडक आयोजना अन्तरगत तत्कालिन प्रदेश सभा सदस्य विनोद केसीको सिफारिसमा यो सडक कालोपत्रेका लागि बजेट विनियोजन भएको थियो ।


गण्डकी प्रदेश सांसद हरी भण्डारी, पुर्व सांसद बिनोद केसीको टोलीले सडक कालोपत्रको कामको अनुगमन गर्नुभएको थियो । प्रदेश सदस्य हरिबहादुर भण्डारीले धेरै प्रयास गरेर निर्माण व्यवसायीलाई काममा फर्काएर कालोपत्र गर्ने अवस्थासम्म सडक आएको बताउनुभयो । वडा, पालिका, जिल्ला, प्रदेश र संघीय जनप्रतिनिधिहरुले पिप्ले–भगवति सडक आयोजना निर्माणलाई गति दिन दवाव, सहजिकरण र समन्वय गर्नुभएको थियो ।


गलेश्वरदेखि बगैँचा र बगैँचादेखि रघुगङ्गा माविको भवन अगाडिसम्मको करिब तीन किलोमिटर सडकमा पहिरोले काम नगर्ने भएपछि त्यहाँको बजेटको काम मैदानदेखि माथि साझपानी बेग जाने बाटोको सडक फराकिलो र ढलान काम अघि बढेको अधिकृत शर्माले बताउनुभयो ।


यो सडक स्तरोन्नति भएपछि पिप्ले, भगवती र बेगखोलाका तीन हजारभन्दा बढी घरधुरी लाभान्वित हुने छन् । सदरमुकाम बेनी देखि गलेश्वर, पिप्ले र भगवती हुदै बेग सडक कालोपत्रे भएमा रघुगंगाबासीलाई आवातजावतमा सहज, कृषिउपज निकासी, खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानीका साथै बिरामीलाई समयमै अस्पताल पु¥याउन सकिने वडानम्वर २ का वडाअध्यक्ष अमृत भण्डारीले बताउनुभयो । यस सडकको ट्रयाक विसं २०६४ मा खोलिएको थियो । कालोपत्रे गर्ने समयमा बैकल्पिक बाटो प्रयोग गर्न यातायात ब्यवसायीलाई आग्रह गरिएको छ।

Related News

कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
  • २०८० जेष्ठ २९, सोमबार ०४:४७

म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण...

फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको  उद्धार
फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको उद्धार
  • २०८० जेष्ठ २९, सोमबार ०४:४७

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् ।...

राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
  • २०८० जेष्ठ २९, सोमबार ०४:४७

राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न...

TOP