२०८३ असार २६
July 10, 2026, Friday

धवलागिरिको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन

म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटका लागि शनिबार सरोकारवालाहरुको सुझाव संकलन गरेको छ ।

मुनामा आयोजना भएको कार्यक्रममा सहभागि पुर्व जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधि, युवा क्लव, आमा समूह, गैरसरकारी संस्थाका प्रतिििनधी र अगुवाहरुले गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिएका हुन् ।

सरोकारवालाहरुको अपेक्षा र आवश्यकता पहिचानका लागि सुझाव संकलन गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

“वस्ती, टोल, वडा हुदै कार्यपालिका अन्तरगतको विषयगत समितिहरुमा बजेट, नीति तथा कार्यक्रमको छलफल गरेका छौ,” उहाँले भन्नुभयो “गाउँपालिकाको योजना र कार्यक्रममा सरोकारवालाहरुको पनि अपनत्व बनाउनका लागि सुझाव संकलन गरिएको हो ।”

आगामी वर्षको योजना तथा कार्यक्रम र बजेटलाई गाउँपालिकाको समस्या र आवश्यकता सम्बोधन गर्न केन्द्रित हुने अध्यक्ष पुनले बताउनुभयो । सहभागीहरुले गाउँपालिकाको केन्द्र, वडा र बस्ती जोड्ने सडकलाई स्तरोन्नति गर्न, सुरु भएका अस्पताल, पालिका र वडा कार्यालयका अधुरा योजनालाई पूर्णता दिन, खानेपानीको सुविधा विस्तार गर्न, फोहोर व्यवस्थापन सम्बन्धी योजना बनाउन सुझाव दिएका थिए ।

यसैगरी जडिवुटी खेती, पशुपालन र पर्यटन क्षेत्रका साथै सामाजिक विकृति न्युनीकरण, शसक्तिकरण, गुणस्तरीय शिक्षा र स्वास्थ्यको लागि पहल गर्न सहभागिले सुझाव दिएका थिए । सरोकारवालाहरुको सुझावलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

प्रमुख प्रसाशकीय अधिकृत धु्रब रिजालले सरोकारवालाहरुको रचनात्मक सल्लाह, सुझावले गाउँपालिकाको विकास निर्माण देखि सेवा प्रवाहमा सुधार ल्याउन सकिने बताउनुभयो । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले गर्नुभएको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP