२०८० आश्विन १३
September 30, 2023, Saturday

बेनी नगरको आगामी योजना तथा कार्यक्रमका लागि सुझाव संकलन

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक २०८०÷०८१ को योजना तथा कार्यक्रम र बजेटका लागि सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ ।

Advertisement

नगरपालिकाले आइतवार जिल्ला समन्वय समितिको सभाहलामा चालु आर्थिक वर्ष २०७९÷८० को तेस्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाहका वारेमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत नगरवासीहरुबाट सुझाव संकलन गरेको हो ।

Advertisement

कार्यक्रममा उपस्थित भएका राजनीतिक दलका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि,पूर्व जनप्रतिनिधि र नगरवासीहरुले नगरको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयका वारेमा राय सुझाव दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले आगामी आर्थिक वर्षमा योजना तथा कार्यक्रम बनाउँदा नगरले सन्तुलित विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । सामाजिक न्याय,समानता,समावेशी,पारदर्शीता र जनसहभागितालाई प्रमुख आधार बनाएर नीति तथा कार्यक्रम र बजेट बनाउनुपर्ने जिसस प्रमुख थापाले सुझाउनुभयो ।

उहाँले नगरलाई सुझाव दिँदै भन्नुभयो,‘‘योजनाको प्राथमिकिकरण गर्नुपर्ने,योजना कार्यन्वनयमा पारदर्शीता,जनसहभागिता,दिगो र सामाजिक न्यायामा आधारित विकास गर्नुपर्दछ । पर्यटन र सडकका योजनालाई प्राथमिकतामा दिनुपर्दछ साथै नगरवासीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्नेगरी आगमी योजना तथा कार्यक्रम र बजेट निर्माणमा ध्यान दिनुपर्दछ ।’’

त्यस्तै कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बालकृष्ण सुवेदीले वडालाई बजेट विनियोजन गर्दा योजना तथा कार्यक्रम कार्यन्वनयको अवस्थालाई मुल्याङ्कन गरेर बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

नगरपालिकाले पर्यटन प्रवद्र्धनमुलक कार्यक्रम अघि सार्नुपर्ने उहाँको सुझाव थियो । पर्यटन क्षेत्रमा नगरको ५१ प्रतिशत र वाँकी निजी क्षेत्रलाई लगानी दिनेगरी कम्पनी मोडलमा जानुपर्ने उपाध्यक्ष सुवेदीको सुझाव थियो ।

कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्ष्क्ष बेल बहादुर कटुवाल, नेकपा माओवादी केन्द्र नगर कमिटिका अध्यक्ष शेरबहादुर केसी,निर्वतमान नगर प्रमुख हरिकुमार श्रेष्ठ,उप्रमुख सञ्जुबरुवाल, नेपाली काँग्रेस नगर समितिका उपाध्यक्ष हरिप्रसाद पौडेल, नगरवासी सुवाष श्रेष्ठ,बेनी खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष माधवप्रसाद रेग्मी, नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठ लगायतले नगरपालिकाले आगामी नीति तथा कार्यक्रम र बजेट तयार पार्दा नगरवासीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नगरवासीहरुबाट प्राप्त भएका सुझावहरुलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । सिमित स्रोतसाधनलाई उच्चतम परिचालन गरी नगरवासीको आकांक्षालाई पुरा गर्नेगरी नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने उहाँले बताउनुभयो ।

नगरप्रमुख सुरत केसीले नगरवासीहरुबाट राय सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरिएको वताउनुहुँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा प्राप्त भएका सकरात्मक सुझावहरुलाई समाबेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘जनप्रतिनिधिलाई मार्गदर्शन हुनेगरी विभिन्न माध्यमहरुबाट सुझावहरु प्राप्त भएका छन् । प्राप्त भएका सुझावहरुलाई अध्ययन गरेर आगमी नीति तथा कार्यक्रममा समावेश गर्दछौं ।’’

प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सरोकारवालाहरुको रचनात्मक सल्लाह, सुझावले नगरपालिकाको विकास निर्माण देखि सेवा प्रवाहमा सुधार ल्याउन सकिने बताउनुभयो । नगरवासीको चाहना र आकांक्षालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो ।

चालु खर्चलाई घटाउँदै पूँजीगत बजेटलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने वातावरण बनाउन सवैको साथ र सहयोगको आवश्यकता पर्ने उहाँको भनाई थियो । कार्यक्रमको सञ्चालन नगरका प्रशासकीय अधिकृत युवराज थापाले गर्नुभएको थियो ।

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० असार ३, आईतवार १७:२४

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० असार ३, आईतवार १७:२४

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० असार ३, आईतवार १७:२४

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP