२०८२ बैशाख १२
April 25, 2025, Friday

मालिकाको नीति तथा कार्यक्रम पारित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको १३ औँ गाउँसभा सुरु भएको छ । गाउँपालिकाको केन्द्र दरवाङको छयारछयारे स्थित पालिकाको सभाहलमा मंगलबार आयोजित गाउँसभाको १३ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्वुजाले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम पारित भएको छ ।

Advertisement

गाउँसभाले नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा पारित गरेको हो । त्यस्तै गाउँसभामा उपाध्यक्ष लक्ष्मी घर्ति पुनले पेस गर्नुभएको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, सहकारी विधेयक, न्यायीक सम्वन्धी कार्यविधि व्यवस्थित गर्न बनेको विधेयक पनि पारित भएको छ ।

Advertisement

गाउँसभा सदस्यहरुको उपस्थितिमा अध्यक्ष गर्वुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद, लैंगिक समानता, आर्थिक विकास, उद्योग तथा पर्यटन विकास, कृषि तथा पशुपंक्षी, सहकारी, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास, खानेपानी तथा सरसफाई, वातावरण तथा जलवायु परिवर्तन, विपद व्यवस्थापन, लगायतका क्षेत्र प्राथमिकता साथ समावेश भएका छन ।

गाउँपालिकाले भौतिक पूर्वाधार विकास तर्फ शहरी योजना, वस्ती विकास, आवास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । पालिकाले जीवन उपयोगी सिपमा आधारीत शैक्षिक पाठ्यक्रमको विकास गर्ने नीति लिएको छ । पालिकालाई खुल्ला बहुसांस्कृतिक र मगर संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने, युवालाई विदेश होइन विजनेस भन्ने भावनाको जागृत तुल्याई स्वरोजगार बनाउने, मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरुको निशुल्क जाँच र उपचारको व्यवस्था मिलाउने नीति लिएको छ ।

पालिकाले औद्योगिक प्रदर्शनी स्थलको सम्भाव्यता अध्ययन गरि निर्माण कार्य अघि बढाउने, गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुलाई जोड्नका लागि पर्यटकीय सडक संजाल कार्यान्वय प्रारम्भ गर्ने, स्थानीय रक्सीलाई ब्राण्डिङ गर्ने, किसान चौतारी जोतौँ खेतबारी कार्यक्रम संचालन गरि बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने, र त्यसका लागि आवश्यक मेसिनरी औजारहरु किसानलाई सहुलियतमा उपलब्ध गराउने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने, गाँजा खेतीको बारेमा अध्ययन अनुसन्धान गर्ने कार्यक्रम बनाउने भएको छ ।

सडक, खानेपानी, सिचाई तर्फ प्रयाप्त योजनाहरु संचालन गर्ने भएको छ । कम विकसित क्षेत्रलाई मुल प्रवाहमा ल्याउन आयोजना वैंक तयार गरि सोही अनुसार बजेट विनियोजन गर्ने नीति पालिकाले लिने भएको छ ।

कार्यक्रममा अध्यक्ष गर्वुजाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प अनुसार समस्त गाउँपालिका बासीको आवश्यकता र चाहनालाई ध्यानमा राखी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो ।
आर्थिक बर्ष २०८०÷८१ को बजेट भने आगामी असार १० गते प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले बताउनुभयो ।

Related News

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
  • २०८० असार ५, मंगलवार १६:०२

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८० असार ५, मंगलवार १६:०२

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८० असार ५, मंगलवार १६:०२

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

TOP