२०८३ आश्विन १
September 17, 2026, Thursday

मालिकाको नीति तथा कार्यक्रम पारित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको १३ औँ गाउँसभा सुरु भएको छ । गाउँपालिकाको केन्द्र दरवाङको छयारछयारे स्थित पालिकाको सभाहलमा मंगलबार आयोजित गाउँसभाको १३ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्वुजाले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम पारित भएको छ ।

Advertisement

गाउँसभाले नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा पारित गरेको हो । त्यस्तै गाउँसभामा उपाध्यक्ष लक्ष्मी घर्ति पुनले पेस गर्नुभएको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, सहकारी विधेयक, न्यायीक सम्वन्धी कार्यविधि व्यवस्थित गर्न बनेको विधेयक पनि पारित भएको छ ।

गाउँसभा सदस्यहरुको उपस्थितिमा अध्यक्ष गर्वुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद, लैंगिक समानता, आर्थिक विकास, उद्योग तथा पर्यटन विकास, कृषि तथा पशुपंक्षी, सहकारी, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास, खानेपानी तथा सरसफाई, वातावरण तथा जलवायु परिवर्तन, विपद व्यवस्थापन, लगायतका क्षेत्र प्राथमिकता साथ समावेश भएका छन ।

गाउँपालिकाले भौतिक पूर्वाधार विकास तर्फ शहरी योजना, वस्ती विकास, आवास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । पालिकाले जीवन उपयोगी सिपमा आधारीत शैक्षिक पाठ्यक्रमको विकास गर्ने नीति लिएको छ । पालिकालाई खुल्ला बहुसांस्कृतिक र मगर संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने, युवालाई विदेश होइन विजनेस भन्ने भावनाको जागृत तुल्याई स्वरोजगार बनाउने, मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरुको निशुल्क जाँच र उपचारको व्यवस्था मिलाउने नीति लिएको छ ।

पालिकाले औद्योगिक प्रदर्शनी स्थलको सम्भाव्यता अध्ययन गरि निर्माण कार्य अघि बढाउने, गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुलाई जोड्नका लागि पर्यटकीय सडक संजाल कार्यान्वय प्रारम्भ गर्ने, स्थानीय रक्सीलाई ब्राण्डिङ गर्ने, किसान चौतारी जोतौँ खेतबारी कार्यक्रम संचालन गरि बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने, र त्यसका लागि आवश्यक मेसिनरी औजारहरु किसानलाई सहुलियतमा उपलब्ध गराउने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने, गाँजा खेतीको बारेमा अध्ययन अनुसन्धान गर्ने कार्यक्रम बनाउने भएको छ ।

सडक, खानेपानी, सिचाई तर्फ प्रयाप्त योजनाहरु संचालन गर्ने भएको छ । कम विकसित क्षेत्रलाई मुल प्रवाहमा ल्याउन आयोजना वैंक तयार गरि सोही अनुसार बजेट विनियोजन गर्ने नीति पालिकाले लिने भएको छ ।

कार्यक्रममा अध्यक्ष गर्वुजाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प अनुसार समस्त गाउँपालिका बासीको आवश्यकता र चाहनालाई ध्यानमा राखी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो ।
आर्थिक बर्ष २०८०÷८१ को बजेट भने आगामी असार १० गते प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले बताउनुभयो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP