Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ६
September 22, 2026, Tuesday

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखारहित सेवा मार्फामा

सुशीलबाबू थकाली, मुस्ताङ,  नेपालको ग्रामीण क्षेत्रहरूमा सहज रूपमा सेवा दिने उद्देश्य सहित शुरु भएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १०५ औं शाखा मुस्ताङको घरपझोङ गाउँ पालिका वडा नम्बर- २ मार्फामा मंगलबारदेखि सुचारु भएको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रमा शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गर्दै आइरहेको थियो ।

Advertisement

यसै अनुरुप मंगलबार बैंकले मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम शाखा मार्फत मार्फामा शाखा रहित बैंकिङ्ग सेवा दिन थालेको हो । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाँउबाट मंगलबारदेखि शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक जोमसोम शाखाका प्रमुख उपेन्द्र गौतमले जानकारी दिनुभयो ।

Advertisement

बैकंले मार्फा गाँउ स्थित फेसबुक थकाली भान्सा घर एण्ड रेस्टुरेन्टकी प्रोप्राइटर एवम् महिला उद्यमी सुनमाया पुर्जा थकालीलाई व्यवसायिक प्रतिनिधिनि तोकेर सेवा दिन थालेको हो । थकालीले करिब छ बर्षदेखि मार्फा क्षेत्रभित्र रहेर होटल तथा रेस्टुरेन्ट व्यवसाय सँगसँगै महिला उद्यमीको रूपमा विभिन्न सेवाहरु दिँदै आइरहनुभएको छ ।

अबभने मार्फा गाउँमा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा देशभर १०५ संख्या पुगेको छ । मंगलबार आयोजित शाखा रहित सेवाको शुभारम्भ घरपझोङ गाउँपालिका वडा नम्बर -२ का अध्यक्ष मानबहादुर हिराचनले गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै हिराचनले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा रहित बैंकिङ सेवा शुरु गर्न लागेकोमा आफुलाइ अत्यन्तै खुसी लागेको बताउनुभयो ।

अन्य शाखाहरुले पनि मार्फा गाउँमा शाखा रहित बैंकिङ सेवामार्फत जनताको माग बमोजिमका धेरै भन्दा धेरै सकारात्मक कार्यहरू गर्दै आइरहेको उहाँले बताउनुभयो, उहाँले भन्नुभयो- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पनि जनताको माग र चाहना अनुरुप नै कार्य गर्नेछ । कार्यक्रममा शीताेष्ण बागबानी बिकास केन्द्रका केन्द्र प्रमुख, पद्मनाथ आत्रेय, जोमसोम स्थित मेगा बैंकका शाखा प्रमुख महेश थकाली र स्थानीयहरुको उपस्थित रहेको थियो ।

बैंकले व्यवसायिक प्रतिनिधि सुनमाया पुर्जा थकालीलाई स्थानीय स्तरमा शाखा रहित बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक विद्युतीय उपकरण उपलब्ध गराएको थियो । साथै व्यवसायिक प्रतिनिधिले बैंकले उपलब्ध गराएको विद्युतीय उपकरणको माध्यमबाट स्थानीय ग्राहकहरुलाई नगद कारोवारसँगै खाता खोल्न, बचत स्वीकार गर्न, रकम भुक्तानी दिन, खातामा रहेको ब्यालेन्स सोधपुछ र खाता विवरण प्रिन्ट गर्न, एक खाताबाट अर्को खातामा रकम स्थानान्तरण गर्न, कर्जाको साँवा तथा व्याज असुली गर्न, बिजुलीको विल भुक्तानी गर्न, व्यापारी कारोबार भुक्तानी, मोवाईल फोनको रिचार्ज सेवा तथा अन्य बैंकले तोकेका सेवाहरु उपलब्ध गराउनेछ ।

बैंकले स्थापनाकाल देखिनै ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच पुर्याउने उदेश्यले सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालनगर्दै आइरहेको छ ।हालसम्म नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका देशभर २९६ वटा शाखा, १०५ वटा शाखारहित बैंकिङ सेवा, ६१ वटा एक्सटेन्सन काउण्टर र २८१ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP