Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ६
September 22, 2026, Tuesday

‘बेनीबजारलाई सुन्दर बनाउने योजना प्राथमिकतामा’

बेनी नगरपालिका–७,ले आ.व. २०८०÷८१ मा बस्तीतहबाटै छनौट भएका योजनालाई प्राथमिकता दिइने भएको छ । म्याग्दी जिल्लाको सदरमुकाम रहेको वडाभित्र आवश्यक पूर्वाधार सहितका योजनालाई यसपटक उच्च प्राथमिकता दिदैं योजना छनौट तथा बजेट निर्माण गरेमा सहज हुने वडाबासीको भनाई छ ।

Advertisement

वडा कार्यालयले बुधबार नगरपालिकाको सभाहलमा आयोजना गरेको चालु आवमा भएका कार्यक्रमको समिक्षा तथा योजना प्राथमिकीकरण एवं विधागत सम्मान कार्यक्रममा हरेक बर्ष फरक फरक योजना कार्यान्वयन गर्ने गरी योजना बैंक बनाएर जाँदा सहज हुने बताइएको थियो । कार्यक्रममा वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बस्तीस्तरबाट छनोट भएर आएका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताए ।

Advertisement

उनले गतवर्ष प्राथमिकतामा परेर बजेटमा समावेश हुन नसकेका योजना, वडाबासीले बस्तीस्तरबाट दिएका सुझावका आधारमा योजना छनोट गरिने बताए । ’सदरमुकामको वडा भएकाले अन्य क्षेत्रबाट आउनेलाई समेत सहज हुने पूर्वाधारमा पनि प्राथमिकता दिनुपर्छ,’समुदायको सहभागितालाई प्राथमिकतामा राखेर नै योजना छनौट गर्नेछौ‘ अध्यक्ष श्रेष्ठले भने ।उनले वडाभित्रका सबै बस्ती र क्षेत्रलाई समेटेर योजना छनौट हुने बताए ।

कार्यक्रममा निर्वतमान वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले वडाबासीको प्रत्यक्ष सहभागितामा आएका योजना विकासका दृष्टिले पनि बढी प्रभावकारी हुने भएकाले समेट्नुपर्ने बताए । कार्यक्रममा बिरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ, स्थानीय अगुवा कुलप्रसाद श्रेष्ठ, क्षत्री समाजकी अध्यक्ष लक्ष्मी कार्की, यूवा देबेन्द्र क्षेत्री लगायत बोल्न अधिकांस वडाबासीले बस्तीस्तरबाट आएका योजनामा समुदायको सहभागिता हुने, वास्तविक योजना निर्माण हुने, विवाद कम हुने भएकाले बजेट निर्माणमा वडाबासीको सुझावलाई कार्यान्वयन गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा प्राथमिक उपचार केन्द्र, सार्वजनिक शौचालय, यात्रु प्रतिक्षालय, सडक दुर्घटना न्यूनीकरण, सिसि क्यामेरा जडान, कृषि क्षेत्रमा गर्नुपर्ने भावि योजना, खेलकुदका विभिन्न सुझाव, पर्यटनको आकर्षक गन्तव्यको पहिचान लगाएतका विषयलाई महत्व दिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य रमेश फगामी र वडा सचिव विनिता रेग्मीले सञ्चालन गरेकी थिईन् ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP