२०८३ असार ४
June 18, 2026, Thursday

रघुगंगा गाउँपालिकामा ४३ करोड बढीको बजेट पारित

म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि रु ४३ करोड बढीको बजेट पारित भएको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १५ औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड ५७ लाख ८७ हजार ६ सय बराबरको बजेट पारित भएको हो । उक्त बजेट सामाजिक सुरक्षा भक्ता बाहेकको रहेको उपाध्यक्ष पुनले बताउनुभयो । गाउँपालिकामा बार्षिक रु ११ करोडको हाराहारीमा सामाजिक सुरक्षा भक्ता वितरण हुने गरेको छ ।

Advertisement

बजेटमा चालुतर्फ ३४ करोड ४९ लाख ५७ हजार र र पुँजिगततर्फ ९ करोड ८ लाख ३० हजार विनियोजन भएको छ । कुल बजेटको चालुतर्फ ७९ दशमलब १० प्रतिशत र पुँजीगततर्फ २० दशमलब १० प्रतिशत रहेको छ । सशर्त अनुदान अन्तरगतका धेरै कार्यक्रमहरु चालु खर्च अन्तरगत समावेश भएकाले चालु बजेटको आकार बढेको गाउँपालिकाका उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।

Advertisement

बजेटमा नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान र ७ करोड ९१ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व फाँडफाँडको रु ८ करोड ६८ लाख ११ हजार ६ सय, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने विक्तिय समानीकरण अनुदान रु ९५ लाख ११ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ७४ लाख ६५ हजार, प्रदेश समपुरक अनुदान अन्तरगत रु ६० लाख, विशेष अनुदान अन्तरगत रु ५० लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरि आन्तरिक राजश्वबाट प्राप्त हुने रु १ करोड ३० लाख, संघीय सशर्त अनुदान चालु तर्फ रु २० करोड ५९ लाख र पुँजीगत तर्फ रु १ करोड १० लाख, संघीय समपुरक अनुदान पुँजीगत तर्फ रु ५० लाख र संघीय विशेष अनुदान रु ५० लाख स्रोत अनुमान गरिएको छ ।

विनियोजित बजेटमध्ये सामाजिक विकासतर्फ रु २७ करोड ८५ लाख ७ हजार, शिक्षातर्फ रु १८ करोड ८० लाख ९७ हजार, पूर्वाधार विकासमा रु ५ करोड ७ लाख, खानेपानी तथा सरसफाईतर्फ रु १ करोड २४ लाख ९० हजार, आर्थिक विकासमा ९१ लाख, वन वातावरण विपद् व्यवस्थापन र भूमिव्यवस्थातर्फ रु ३९ लाख सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ५७ लाख ५० हजार विनियोजन गरिएको छ ।

गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम समेत पारित भएको छ । ‘समृद्ध रघुगंगाः सुखी रघुगंगाबासी’ भन्नु मूल नारालाई आत्मसाथ गर्दै रैथाने बालीको संरक्षण, कृषिको व्यवसायिकरणमा जोड दिएको रघुगंगाको नीति तथा कार्यक्रममा पशुपालन, उद्योग, व्यापारको व्यावसायिकरण, पर्यटनको प्रवद्र्धनमा जोड दिईएको छ । विकास निर्माण योजना कार्यान्वयनमा रोजगार सिर्जना गर्न स्थानीय स्रोत, साधन र जनशक्तिको प्रयोगमा जोड दिएको रघुगंगाले शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, खानेपानीको पहुँच विस्तार र सडकको स्तरीकरणमा जोड दिएको छ । 

गाउँसभामा अध्यक्ष भण्डारीले आर्थिक सर्वेक्षण २०७९÷०८० पेश गर्नुभएको थियो भने उपध्यक्ष पुनले प्रस्तुत गर्नुभएको आर्थिक ऐन र विनियोजन ऐन समेत पारित भएको छ । गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई प्रभाबकारी कार्यान्वयन मार्फत गाउँपालिकाको विकासर समृद्धिको यात्रालाई अघि बढाउन सम्बद्ध सरोकारवालाहरुबिच रचनात्मक सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले आर्थिक बर्षको सुरुवातदेखि ने सभामार्फत पारित नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा जुट्ने जानकारी दिनुभयो । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बिलबहादुर फगामी, २ का अध्यक्ष अमृत भण्डारी, ४ का अध्यक्ष पविन गर्वुजा, ५ का अध्यक्ष मनबहादुर शेरमञ्जा, ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, ७ का अध्यक्ष थकबहादुर पाईजा, ८ का अध्यक्ष गमान छन्त्याल लगायतले आर्थिक मन्दिका कारण संघीय सरकारले पठाउने अनुदानमा कटौती हुँदा बजेटको आकार घटेको बताउँदै स्थानीय आम्दानीका स्रोतको पहिचान र उपयोगमा आबश्यक नीति निर्माण गरि कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

 गाउँपालिकाका लेखा अधिकृत खगराज सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाले उत्कृष्ठ कर्मचारीको रुपमा शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीलाई सम्मान गरिएको थियो ।  

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP