२०८२ माघ १०
January 23, 2026, Friday

अन्नपूर्ण गाउँपालिकाले साढे ५३ करोडको बजेट सार्वजनिक ग¥यो

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु. ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट सार्वजनिक गर्नुभएको हो ।

Advertisement

चालुतर्फ रु. ३५ करोड ५१ लाख ५९ हजार ६०० र पुजिगततर्फ रु.१८ करोड दुई लाख ८४ हजार बजेट बिनियोजन भएको उपाध्यक्ष तिलिजाले बताउनुभयो । रु. एक करोड ४७ लाख १० हजार आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेको अन्नपूर्णले चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको रु. छ करोड २५ लाख ६ हजार अल्या बजेटलाई पनि बजेटको स्रोत मानेको छ । संघीय र प्रदेश सरकारले दिने अनुदान बजेटको प्रमुख स्रोत हो ।

Advertisement

चालु आर्थिक वर्षमा रु. ४८ करोड ६१ लाख ४२ हजार ५७९ बजेट बिनियोजन गरेको अन्नपूर्णले जेठ मसान्तसम्म कुल ५३ दशमलब ८८ प्रतिशत बजेट खर्च भएको छ । सामाजिक विकास शिर्षकमा रु. २१ करोड १९ लाख ४१ हजार ५०० रुपैयाँ बिनियोजन भएको छ । शिक्षामा सिकाई कुना निर्माण गर्न, हाम्रो विद्यालय राम्रो विद्यालय, अध्यक्षसँग विद्यार्थी भेटघाट कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्यतर्फ गर्भवतीलाई अण्डा, सुत्केरीलाई भाले, घ्यू, बच्चालाई कपडा, पोषण पोका वितरण कार्यक्रमलाई आमासँग जनप्रतिनिधि कार्यक्रम बनाएको अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा रु. एक करोड ४३ लाख ५० हजार बिनियोजन गरेको छ ।

सुनौलो हजार दिनका आमाहरुको पोषण सुधारका लागि रु. दश लाख बिनियोजन भएको छ । युवा लक्षित कार्यक्रमलाई रु. ५८ लाख ५० हजार, लैगिङ्गक समानता तथा सामाजिक समावेशीकरण शिर्षकमा रु. ८३ लाख २० हजार बिनियोजन भएको छ । एक वडा एक गौरवको आयोजनाका रुपमा सडक स्तरोन्नति गर्ने कार्यक्रम बनाएको अन्नपूर्णले यातायात पूर्वाधार निर्माण गर्न रु. चार करोड ६४ लाख ५६ हजार बिनियोजन गरेको छ ।

गाउँपालिकाको भवन निर्माणका लागि जग्गा खरिद गर्न सबैभन्दा बढी रु. दुई करोड बिनियोजन भएको छ । एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण गर्न रु. ४४ लाख पाँच हजार र गोर्खा वेल्फेयरसँगको साझेदारीमा निर्माण हुने खानेपानी आयोजनाहरुका लागि थप रु. एक करोड ७२ लाख ९३ हजार ५९४ बिनियोजन भएको छ । आर्थिक विकासका क्षेत्रमा रु. दुई करोड ४० लाख बिनियोजन भएको छ । कृषिका लागि रु. एक करोड ३६ लाख १२ हजार र पशु सेवाका लागि रु. ४५ लाख ५५ हजार बिनियोजन भएको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालन गर्न रु. ३१ लाख, गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमलाई रु. २३ लाख २० हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रु. ५६ लाख ८५ हजार बिनियोजन भएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफल पश्चात पारित भएको थियो । उपाध्यक्षले प्रस्तुत गरेको बजेटमाथी गाउँसभा सदस्यहरुबीच छलफल जारी छ । सभाका सदस्यहरुले नीति तथा कार्यक्रम र बजेटको तालमेल नभएको भन्दै अध्यक्ष र उपाध्यक्षको ध्यानाकर्षण गराएका छन् ।

Related News

पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
  • २०८० असार ८, शुक्रबार १२:४१

गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०८० असार ८, शुक्रबार १२:४१

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
  • २०८० असार ८, शुक्रबार १२:४१

बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...

TOP