२०८३ असार ४
June 18, 2026, Thursday

धवलागिरीको करिब ४४ करोडको बजेट पारित

म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु. ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न बिसौ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो ।

Advertisement

क्षेत्रगत रुपमा आर्थिक विकासमा रु. पचास लाख ८० हजार, सामाजिक विकासमा रु. बीस करोड, ८१ लाख, पूर्वाधार विकासमा रु. १३ करोड १२ लाख चालिस हजार, वातावरण तथा विपद् व्यवस्थापनमा रु. ८१ लख ७० हजार र सुशासन तथा संस्थागत विकासमा रु. आठ करोठ ६३ लाख ३५ हजार बिनियोजन भएको छ ।

Advertisement

आगामी आर्थिक वर्षको बजेटमा रु. ३५ लाख आन्तरिक आम्दानी हुने अनुमान गरेको धवलागिरीले संघीय, प्रदेश सरकारको अनुदान र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने बजेटलाई स्रोतमानिएको प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजालले बताउनुभयो ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जालाई सडक सञ्जालसँग जोड्न संघीय सरकारसँग साझेदारी गर्न धवलागिरीले रु. दुई करोड बिनियोजन गरेको छ । लुलाङ–गुर्जा सडक आयोजनालाई संघीय र प्रदेश सरकारले रु. दुई÷दुई करोड बिनियोजन गरेका छन् । गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा रु. पचास लाख बिनियोजन गरेको धवलागिरीले नेवासँग संग साझेदारी गरेर वडा नम्बर २ को खोरीया र लमसुङमा एक घर एक धारा खानेपानी आयोजना बनाउने भएको छ ।

स्वास्थ्य क्षेत्रमा दिर्घरोगीसँग अध्यक्ष र सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिएको धवलागिरी गाउँपालिकाले निजी स्रोतबाट सञ्चालित विद्यालयहरुलाई १२ जना शिक्षकको तलब अनुदान दिन बजेट बिनियोजन गरेको जनाएको छ । हेम नमुना आवासीय मावि सञ्चालन गर्ने जनाएको धवलागिरीले २०८१ द्येखि स्थानीय पाठ्यपुस्तक लागू गर्न रु. दश लाख बिनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा चालुतर्फ रु. ३० करोड ३८ लाख ४२ हजार ६०८ बिनियोजन भएकोमा रु. अठार करोड ३९ लाख त्रिपन्न हजार २८० र पुँजिगत शिर्षकमा रु. १७ करोड ६७ हजार ८१९ बिनियोजन भएकोमा रु. सात करोड ८९ लाख ५९ हजार ८१९ बिनियोजन भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा रु. ५३ करोड ८५ लाख ९९९ बजेट बिनियोजन गरेको धवलागिरीले संघ र प्रदेश सरकारको अनुदान घटेको र आन्तरिक आम्दानी न्युन भएपछि गत वर्षको भन्दा रु. दश करोड कमको बजेट ल्याएको अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिएको छ । टोल, वडा, विषयगत समिति र कार्यपालिकामा छलफल गरि उपलब्धी देखिने र सिमित स्रोतबाट नागरिकका अधिकतम अपेक्षा सम्बोधन गर्न सकिने किसिमका योजना तथा कार्यक्रमलाई जोड दिएको अध्यक्ष पुनले बताउनुभयो ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP