२०८० आश्विन १३
September 30, 2023, Saturday

धवलागिरीको करिब ४४ करोडको बजेट पारित

म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु. ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न बिसौ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो ।

Advertisement

क्षेत्रगत रुपमा आर्थिक विकासमा रु. पचास लाख ८० हजार, सामाजिक विकासमा रु. बीस करोड, ८१ लाख, पूर्वाधार विकासमा रु. १३ करोड १२ लाख चालिस हजार, वातावरण तथा विपद् व्यवस्थापनमा रु. ८१ लख ७० हजार र सुशासन तथा संस्थागत विकासमा रु. आठ करोठ ६३ लाख ३५ हजार बिनियोजन भएको छ ।

Advertisement

आगामी आर्थिक वर्षको बजेटमा रु. ३५ लाख आन्तरिक आम्दानी हुने अनुमान गरेको धवलागिरीले संघीय, प्रदेश सरकारको अनुदान र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने बजेटलाई स्रोतमानिएको प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजालले बताउनुभयो ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जालाई सडक सञ्जालसँग जोड्न संघीय सरकारसँग साझेदारी गर्न धवलागिरीले रु. दुई करोड बिनियोजन गरेको छ । लुलाङ–गुर्जा सडक आयोजनालाई संघीय र प्रदेश सरकारले रु. दुई÷दुई करोड बिनियोजन गरेका छन् । गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा रु. पचास लाख बिनियोजन गरेको धवलागिरीले नेवासँग संग साझेदारी गरेर वडा नम्बर २ को खोरीया र लमसुङमा एक घर एक धारा खानेपानी आयोजना बनाउने भएको छ ।

स्वास्थ्य क्षेत्रमा दिर्घरोगीसँग अध्यक्ष र सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिएको धवलागिरी गाउँपालिकाले निजी स्रोतबाट सञ्चालित विद्यालयहरुलाई १२ जना शिक्षकको तलब अनुदान दिन बजेट बिनियोजन गरेको जनाएको छ । हेम नमुना आवासीय मावि सञ्चालन गर्ने जनाएको धवलागिरीले २०८१ द्येखि स्थानीय पाठ्यपुस्तक लागू गर्न रु. दश लाख बिनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा चालुतर्फ रु. ३० करोड ३८ लाख ४२ हजार ६०८ बिनियोजन भएकोमा रु. अठार करोड ३९ लाख त्रिपन्न हजार २८० र पुँजिगत शिर्षकमा रु. १७ करोड ६७ हजार ८१९ बिनियोजन भएकोमा रु. सात करोड ८९ लाख ५९ हजार ८१९ बिनियोजन भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा रु. ५३ करोड ८५ लाख ९९९ बजेट बिनियोजन गरेको धवलागिरीले संघ र प्रदेश सरकारको अनुदान घटेको र आन्तरिक आम्दानी न्युन भएपछि गत वर्षको भन्दा रु. दश करोड कमको बजेट ल्याएको अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिएको छ । टोल, वडा, विषयगत समिति र कार्यपालिकामा छलफल गरि उपलब्धी देखिने र सिमित स्रोतबाट नागरिकका अधिकतम अपेक्षा सम्बोधन गर्न सकिने किसिमका योजना तथा कार्यक्रमलाई जोड दिएको अध्यक्ष पुनले बताउनुभयो ।

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० असार ९, शनिबार १२:४८

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० असार ९, शनिबार १२:४८

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० असार ९, शनिबार १२:४८

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP