२०८० आश्विन १३
September 30, 2023, Saturday

बेनी आवासीय माविको अभिभावक संघको अध्यक्षमा बिक्रम बोगटी

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी आवासीय माविको शनिबार सम्पन्न अभिभावक भेलाबाट बिक्रम बोगटीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको छ । समितिको सदस्यहरूमा हरिकृष्ण गौतम,तिर्सना भण्डारी, देबिका बुढाथोकी, गकुल सुनार, अन्जना खत्री खड्का,कमला पौडेल, कृष्णकुमारी हमाल, बिन्दु थापालाई चयन गरिएको छ ।

Advertisement

त्यसैगरी सदस्य सचिवमा विद्यालयका प्रिन्सिपल मोहन अधिकारी र शिक्षक प्रतिनिधि आशिक भण्डारी रहनुभएको छ । अभिभावक भेलाको उद्घाटन गदैं विद्यालयका संस्थापक रेशमबहादुर बानियाँले संरक्षण, पालन पोषण गर्ने व्यक्ति अभिभावक र बालबालिकालाई पढाएर सफल बनाउने शिक्षक बिचको सम्बन्ध बलियो बनाउन अभिभावक संघले पूलको भूमिका निर्वाह गनुर््पर्ने बताउनुभयो ।

Advertisement

उहाँले विद्यार्थीको पहिलो शिक्षक अभिभावक र उज्वल भविष्यको गोरेटो बनाउने शिक्षकले विद्यार्थीको क्षमता र आवश्यकतालाई ध्यान दिनुपर्ने जोड दिनुभयो । सोही अवसरमा विद्यालयका प्रिन्सिपल मोहन अधिकारीले अभिभावक, विद्यालय, विद्यार्थी र शिक्षक एक अर्काका परिपूरक भएको बताउनुभयो ।

उहाँले अभिभावक, विद्यालय प्रशासन र शिक्षकको सहकार्य बिना विद्यार्थीले लक्ष्य प्राप्तीको यात्रा अपूरो हुने बताउनुभयो । सोही अवसरमा अभिभावक संघका अध्यक्ष बिक्रम बोगटीले गुणस्तरीय शिक्षाका लागि आम अभिभावक र विद्यालयका शिक्षकबिच सुमधुर सम्बन्ध स्थापित गर्ने अभियानमा सक्रिय हुने प्रतिबद्धता जनाउनुभयो । अभिभावक भेलाको अध्यक्ष तथा स्वागत संस्थापक रेशमबहादुर बानियाँ र शिक्षिका दिपिका सुबेदीले गर्नुभएको थियो ।

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० असार ९, शनिबार १६:२६

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० असार ९, शनिबार १६:२६

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० असार ९, शनिबार १६:२६

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP