२०८३ जेष्ठ १२
May 26, 2026, Tuesday

बेनी आवासीय माविको अभिभावक संघको अध्यक्षमा बिक्रम बोगटी

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी आवासीय माविको शनिबार सम्पन्न अभिभावक भेलाबाट बिक्रम बोगटीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको छ । समितिको सदस्यहरूमा हरिकृष्ण गौतम,तिर्सना भण्डारी, देबिका बुढाथोकी, गकुल सुनार, अन्जना खत्री खड्का,कमला पौडेल, कृष्णकुमारी हमाल, बिन्दु थापालाई चयन गरिएको छ ।

Advertisement

त्यसैगरी सदस्य सचिवमा विद्यालयका प्रिन्सिपल मोहन अधिकारी र शिक्षक प्रतिनिधि आशिक भण्डारी रहनुभएको छ । अभिभावक भेलाको उद्घाटन गदैं विद्यालयका संस्थापक रेशमबहादुर बानियाँले संरक्षण, पालन पोषण गर्ने व्यक्ति अभिभावक र बालबालिकालाई पढाएर सफल बनाउने शिक्षक बिचको सम्बन्ध बलियो बनाउन अभिभावक संघले पूलको भूमिका निर्वाह गनुर््पर्ने बताउनुभयो ।

Advertisement

उहाँले विद्यार्थीको पहिलो शिक्षक अभिभावक र उज्वल भविष्यको गोरेटो बनाउने शिक्षकले विद्यार्थीको क्षमता र आवश्यकतालाई ध्यान दिनुपर्ने जोड दिनुभयो । सोही अवसरमा विद्यालयका प्रिन्सिपल मोहन अधिकारीले अभिभावक, विद्यालय, विद्यार्थी र शिक्षक एक अर्काका परिपूरक भएको बताउनुभयो ।

उहाँले अभिभावक, विद्यालय प्रशासन र शिक्षकको सहकार्य बिना विद्यार्थीले लक्ष्य प्राप्तीको यात्रा अपूरो हुने बताउनुभयो । सोही अवसरमा अभिभावक संघका अध्यक्ष बिक्रम बोगटीले गुणस्तरीय शिक्षाका लागि आम अभिभावक र विद्यालयका शिक्षकबिच सुमधुर सम्बन्ध स्थापित गर्ने अभियानमा सक्रिय हुने प्रतिबद्धता जनाउनुभयो । अभिभावक भेलाको अध्यक्ष तथा स्वागत संस्थापक रेशमबहादुर बानियाँ र शिक्षिका दिपिका सुबेदीले गर्नुभएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० असार ९, शनिबार १६:२६

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० असार ९, शनिबार १६:२६

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० असार ९, शनिबार १६:२६

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP