२०८३ जेष्ठ १२
May 26, 2026, Tuesday

बेनी नगरपालिकाकाे झण्डै ७१ करोडको बजेट

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि झण्डै ७१ करोडका ेबजेट ल्याएको छ।आइतबार बेनीस्थित नेपाल भाषा मंकाःखलको सभाहलमा आयोजित १३ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले चालुतर्फ ५० करोड २७ लाख ७५ हजार र पुजीँगत शिर्षकमा २० करोड ६१ लाख गरी ७० करोड ८९ लाखको बजेट प्रस्तुत गर्नुभएको छ ।

Advertisement

नगरपालिकाले आर्थिक विकास, सामाजिक विकास अन्तरगत शिक्षा, स्वास्थ्य, यूवा तथा खेलकुद,खानेपानी तथा सरसफाई, पूर्वाधार विकास सडक तथा पुल निर्माण लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

Advertisement

नगरपालिकाले निति तथा कार्यक्रममा कृषि तथा दुग्धजन्य बस्तुको उत्पादनमा आत्मनिर्भर, एक वडा एक उत्पादन, श्रमको सम्मान बेनी नगष्रपालिकाको अभियान, एक वडा एक पर्यटन परियोजना,मेयरसँग सामाजिक, विद्यार्थीलाई सीपमा आत्मनिर्भर बनाउन ‘हामी सक्छौ हामी गर्छौ’,विपद्मा मेयर, घरदैलोमा स्वास्थ्यकर्मी, न्यून आय भएका सुत्केरी महिलालाई ६ महिनासम्म प्रोत्साहन भत्ता, बेनीबजारको सौन्दर्यताका लागि मौलिक सहरका रुपमा विकास गर्न बजारक्षेत्रभित्र ढुंगाटायल विच्छाउने, नगरभित्र टे«किङ रुट,केबलकार लगायतका ठूला परियोजनााको सम्भाब्यता अध्ययन गरिने, महिलालाई आयर्आजनमा जोड्न उपमेयरसँग आमा समूह, कृषि तथा फलफुल उत्पादनको प्रर्बधन गर्न एउटा सामुदायिक बनलाई कउषि बन कार्यक्रम अन्तरगत पाइलट कार्यक्रम समेत सञ्चालन गरिने जस्ता नमुना कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

बेनी नगरपालिकाले नगरको लाइफाइन सडकअन्तरगत मानिने बेनी–पात्लेखेत सडक कालोपत्र गर्ने संघीय सरकारसँग साझेदारी गर्नुपर्ने सहित दुई करोड र प्रदेश सरकारको साझेदारीमा अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक र महारानीथान छापा डाडाखेत सडक स्तरोन्नति गर्न एक करोड ५३ लाख बिनियोजन गरिएको छ ।

नगरपालिका भित्र १२ महिनै सडक सञ्जालन गर्ने गरी मुख्य तथा सहायक सडक स्तरोन्नति गर्न दुई करोड १७ लाख, अस्पताल चोक–संगमचोक सडक कालोपत्र गर्न २० लाख बिनियोजन, बेनी खुल्ला मञ्च निर्माणमा २५ लाख, सिंगा तातोपानीको उपल्लो बजार सडक कालोपत्र गर्न ३० लाख,भकिम्ली स्वास्थ्य चौकीको भवनलाई सम्पन्न गराउन ३० लाख बिनियोजन भएको छ । खानेपानीको अभाव झेल्दै आएका खबरा खानेपानी आयोजनालाई ८० लाख र पुरुण्डे–पुलाडाडा खानेपानी आयोजनालाई एक करोड बिनियोजन भएको छ ।

नगरपालिकाले दूध, मासु र अण्डामा पूर्णरुपमा आत्मनिर्भर बनाउने नीति अनुसार आर्थिक वर्ष २०८०÷८१ म उत्पादनका आधारमा पशुपालक कृषकलाई अनुदान दिन १२ लाख बजेट बिनियोजन गरेको छ भने फलफुलमा आत्मनिर्भर बनाउने कार्यक्रमका लागि २० लाख बिनियोजन भएको छ ।

नगरपालिकाका उपमेयर ज्योति लामिछानेले आर्थिक तथा पूर्वाधार बाहेक सामाजिक क्षेत्रमा समेत बजेटलाई प्राथमिकता दिएको बताउनुभयो । सोही अवसरमा बेनी नगरपालिकाको अर्थ सम्बन्ध प्रस्तावलाई कार्यान्वयन नर्ग बनेको आर्थिक बिधेयक, संस्था दर्ता विधेयक, भू–उपयोग बर्गीकरण तथा मापदण्डलाई समेत नगरसभामा प्रस्तुत गरिएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० असार १०, आईतवार १०:५५

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० असार १०, आईतवार १०:५५

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० असार १०, आईतवार १०:५५

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP