म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राजश्व संकलनलाई अनलाइन प्रविधिमा रुपान्तरण गरेको छ । महालेखा परिक्षकको कार्यालयले लेखा व्यवस्थापनमा प्रयोगमा ल्याएको सुत्र सफ्टवेयरकै उपयोग गरेर अन्नपूर्णले गाउँपालिका र वडा कार्यालयहरु मार्फत संकलन हुने राजश्व अनलाइन मार्फत सङ्कलन गर्न सुरु गरेको हो ।
मंगलवारदेखि गाउँपालिकाले सुत्र सफ्टवेयरमा रहेको रेभिन्यु मोडलमा आधारित रहेर कम्प्युटर प्रणालीबाट राजश्व सङ्कलन गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँपालिका र वडाबाट सङ्कलन हुने राजश्वमा हस्तलिखित रसिद पूर्ण रुपमा हटेको छ ।
गाउँपालिकाले अनलाइन मार्फत राजश्व सङ्कलन सुरु गरेसंगै गाउँपालिकाको राजश्व संकलन एकद्धार प्रणालीमा गएको छ भने राजश्वको अवस्था र प्रतिवेदन समेत व्यवस्थित हुने गाउँपालिकाले जनाएको छ ।
अन्नपूर्णमा अनलाइन मार्फत राजश्व सङ्कलन कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनका लागि राजश्व शाखाका प्रमुख नविन भट्टले पूर्ण तालिम प्राप्त गरेर वडा सचिब र गाउँपालिकाका अन्य कर्मचारीहरुलाई समेत आधारभूत तहको तालिम प्रदान गरिसक्नुभएको छ । गाउँपालिकाले यसै साता वडा सचिबहरुलाई कम्प्युटरमा आधारित राजश्व संकलन र व्यवस्थापन सम्बन्धमा पुनः दोस्रो चरणको तालिम प्रदान गर्ने जनाएको छ ।
यसअघि रसिद काटेर राजश्व उठाउने चलन रहेकोमा अब अनलाइन (सूत्र) मार्फत सोझै वडाहरूको राजश्व सङ्कलन गरिने राजश्व शाखाका प्रमुख भट्टले जानकारी दिनुभयो । अन्नपूर्णमा चालु आर्थिक बर्षको असार १९ गतेसम्म रु १ करोड ४५ लाख राजश्व संकलन भएको छ ।
FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...
FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...