२०८३ असार १
June 15, 2026, Monday

अन्नपूर्ण गाउँपालिकामा अनलाइनमार्फत राजश्व सङ्कलन

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राजश्व संकलनलाई अनलाइन प्रविधिमा रुपान्तरण गरेको छ । महालेखा परिक्षकको कार्यालयले लेखा व्यवस्थापनमा प्रयोगमा ल्याएको सुत्र सफ्टवेयरकै उपयोग गरेर अन्नपूर्णले गाउँपालिका र वडा कार्यालयहरु मार्फत संकलन हुने राजश्व अनलाइन मार्फत सङ्कलन गर्न सुरु गरेको हो ।
मंगलवारदेखि गाउँपालिकाले सुत्र सफ्टवेयरमा रहेको रेभिन्यु मोडलमा आधारित रहेर कम्प्युटर प्रणालीबाट राजश्व सङ्कलन गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँपालिका र वडाबाट सङ्कलन हुने राजश्वमा हस्तलिखित रसिद पूर्ण रुपमा हटेको छ ।
गाउँपालिकाले अनलाइन मार्फत राजश्व सङ्कलन सुरु गरेसंगै गाउँपालिकाको राजश्व संकलन एकद्धार प्रणालीमा गएको छ भने राजश्वको अवस्था र प्रतिवेदन समेत व्यवस्थित हुने गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्णमा अनलाइन मार्फत राजश्व सङ्कलन कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनका लागि राजश्व शाखाका प्रमुख नविन भट्टले पूर्ण तालिम प्राप्त गरेर वडा सचिब र गाउँपालिकाका अन्य कर्मचारीहरुलाई समेत आधारभूत तहको तालिम प्रदान गरिसक्नुभएको छ । गाउँपालिकाले यसै साता वडा सचिबहरुलाई कम्प्युटरमा आधारित राजश्व संकलन र व्यवस्थापन सम्बन्धमा पुनः दोस्रो चरणको तालिम प्रदान गर्ने जनाएको छ ।

यसअघि रसिद काटेर राजश्व उठाउने चलन रहेकोमा अब अनलाइन (सूत्र) मार्फत सोझै वडाहरूको राजश्व सङ्कलन गरिने राजश्व शाखाका प्रमुख भट्टले जानकारी दिनुभयो । अन्नपूर्णमा चालु आर्थिक बर्षको असार १९ गतेसम्म रु १ करोड ४५ लाख राजश्व संकलन भएको छ ।

Advertisement

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP