म्याग्दीमा रहेका तातोपानी कुण्डहरूले एक वर्षको अवधिमा करिब दुई करोड रुपियाँ आम्दानी गरेका छन् । म्याग्दी र कालिगण्डकी नदी किनारमा रहेका तातोपानीका कुण्डाहरुले चालु आर्थिक वर्षमा एक करोड ९३ लाख ४१ हजार चार सय सत्र रुपियाँ आम्दानी गरेका हुन । प्रवेश तथा स्नान शुल्क र चन्दा सहयोगबाट उक्त रकम सङ्कलन भएको हो ।
तातोपानी कुण्ड मध्य बेनी नगरपालिका ४ स्थित सिङ्गा तातोपानी कुण्ड र अन्नपूर्ण गाउँपालिका ५ को पाउद्धार तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलका रूपमा परिचित छन् । कालिगण्डकी कोरिडोरमा पर्ने भुरुङ तातोपानी कुण्डमा भने राउन्ड अन्नपूर्ण पदयात्रा र मुस्ताङ भ्रमणका लागि आउने पर्यटकहरूले आनन्द लिन स्नान गर्ने गर्दछन् ।
अन्य स्थानमा रहेका तातोपानी कुण्डहरूले भने शुल्क लिने गरेका छैनन् । धवलागिरि गाउँपालिका १ गुर्जा मा रहेको गुर्जा तातोपानी, अन्नपूर्ण गाउँपालिका ६ रातोपानी,१ दोबा तातोपानी र रघुगंगा गाउँपालिका ४ दग्नाममा रहेको तातोपानी कुण्डमा स्नान गरेबापत शुल्क लाग्दैन । यी तातोपानी कुण्डहरूलाई पनि उपचार स्थलका रूपमा लिने गरिन्छ ।
सबै भन्दा धेरै बेनी नगरपालिका ४ स्थित सिङ्गा तातोपानी कुण्डले एक वर्षको अवधिमा एक करोड ३७ लाख ४१ हजार चार सय सत्र रुपियाँ आम्दानी गरेको छ ।
त्यस्तै अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ सिखको पाउद्धारमा रहेको तातोपानी कुण्डबाट वार्षिक रूपमा ११ लाख रुपियाँ र वडा नम्बर २ स्थित भुरुङ तातोपानी कुण्डबाट ४५ लाख रुपियाँ गाउँपालिकालाई आम्दानी भएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । यी दुवै तातोपानी कुण्डलाई अन्नपूर्ण गाउँपालिकाले कुण्ड सञ्चालनको जिम्मा वार्षिक रूपमा ठेक्का मार्फत व्यक्ति वा संस्थालाई दिने गरेको छ ।
स्थानीय तह कार्यान्वयन आएसँगै तातोपानी कुण्डको पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाएका कारण पर्यटक आगमन वृद्धि हुन थालेको हो ।
म्याग्दी नदी किनारमा प्राकृतिक रूपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको कुण्डमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाहरूले तिर्ने प्रवेश शुल्क आम्दानीको मुख्य स्रोत रहेको सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो ।
उहाँका अनुसार गत साउन देखि जेठ महिनासम्म १७ हजार नौ सय ९३ जनाले तातोपानी कुण्डमा स्नान गरेका छन् । कुण्डमा एक पटकमा तिन सय पचास देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता रहेको उहाँले बताउनुभयो । सात दिन स्नान गर्नका लागि तीन सय पचास रुपियाँ शुल्क निर्धारण गरिएको उहाँले बताउनुभयो ।
बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्क बापत ६२ लाख ९७ हजार पाच सय पचास र पाहुनाले स्नान गर्ने कुण्डबाट २५ लाख ८८ हजार चार सय रुपियाँ आम्दानी भएको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
त्यस्तै चन्दा सहयोग बापत चार लाख १६ हजार एक सय ९२ रुपियाँ, मन्दिरको भेटी पाँचलाख ३० हजार पाँच सय ८५, आजीवन सदस्यता शुल्क बापत तीन लाख आठ हजार छ सय ९०,बैङ्कमा रहेको रकमबाट आम्दानी १७ हजार ९२ र अन्य ५ हजार एकसे ५५ रुपियाँ आम्दानी भएको कुण्ड व्यवस्थापन समितिका सचिव केसीले जानकारी दिनुभयो ।
प्रवेश शुल्क र चन्दा सहयोगबाट सङ्कलन भएको रकम मध्य २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजश्व कार्यालयमा कर बुझाउने गरिएको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डको आम्दानी मध्यबाट १३ लाख ६४ हजार एकसे ९५ रुपियाँ तातोपानी स्थित सरस्वती माविका ६ जना निजी स्रोतबाट राखिएका शिक्षकको तलबमा खर्च गरिने गरिएको छ । तातोपानी कुण्डहरूमा पूर्वाधार निर्माण,व्यवस्थापन र प्रचारप्रसार गर्न सके स्थानीय तहको आम्दानी वृद्धि हुने आशा गरिएको छ ।
पोखरामा सम्पन्न भएको प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि म्याग्दीकाे बेनी नगरपालिकाले जितेको छ...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वि.सं....
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८...