२०८३ भाद्र २
August 18, 2026, Tuesday

जलजलामा पहिलो चरणको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

पर्वतको जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन पहिलो चरणको ‘अभिभावक शिक्षा’ कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

घरमा विद्यार्थीलाई पढ्नका लागि अनुकुल वातावरण बनाउने, छोराछोरीको शिक्षाप्रति अभिभावकको चासो र विद्यालयमा उपस्थिति बढाउने, अभिभावक र शिक्षक शिक्षिका तथा सरोकारवालाहरुको दुरी घटाउन कार्यक्रम सञ्चालन गरेको हो ।

साउन १५ गतेदेखि बिहिबारसम्म गाउँपालिकामा रहेका ४४ वटा सामुदायिक विद्यालयका अभिभावकहरुलाई सम्बन्धित विद्यालयमा भेला गरेर शैक्षिक सुधारका लागि उनिहरुको भूमिका सम्बन्धी अभिमुखीकरण गरिएको अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।  

‘सूचना र प्रविधिको बढ्दो प्रयोग, शिक्षा क्षेत्रमा भइरहेका परिवर्तन, बालबालिकाप्रति गर्नुपर्ने व्यवहार, बालबालिका र विद्यालयप्रति अभिभावकलाई जिम्मेवार बनाउने अभियानको उद्देश्य हो,’ उहाँले भन्नुभयो ‘ दोस्रो र तेस्रो चरणमा पनि अभिभावक केन्द्रित भएर मोटिभेसनल कार्यक्रम गर्ने योजना छ ।’

अभियानको नेतृत्व गरेर गाउँपालिका अध्यक्ष आचार्य, उपाध्यक्ष दिपक आचार्य, कार्यपालिकाको शिक्षा संयोजक एकिन्द्र खत्रीको नेतृत्वमा दुई वटा समूह बनाएर सम्बन्धित वडाका जनप्रतिनिधि सहित विद्यालयमा पुग्नुभएको छ ।  

परामर्शदाता कम्पनी सिटिएफ नेपालका कार्यकारी निर्देशक बद्रि दाहाल र निर्देशक अशोक सुवेदीले शैक्षिक सुधारका लागि अभिभावकको दायित्व र भूमिकाका विषयमा सहजिकरण गर्नुभएको थियो ।  

‘आमाबाबुको शिक्षाले उनीहरूलाई शारीरिक, संज्ञानात्मक, सामाजिक र भावनात्मक पक्षसहित बाल विकासको बारेमा ज्ञान प्रदान गर्छ’ शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले भन्नुभयो ‘व्यावहारिक अभिभावकीय सीप र रणनीति प्रदान गरेर प्रभावकारी अभिभावकत्वले बच्चाको व्यवहार, अनुशासन र समग्र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छौ ।’

अभिभावक शिक्षाले बालबालिकाहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न मद्दत गर्ने, समग्र रूपमा परिवार र समाजको कल्याणमा योगदान पु¥याउने, अभिभावकत्वका जटिलतालाई न्यूनीकरण गर्ने, बच्चाको वृद्धि र विकासको लागि पोषण र सहयोगी वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

जलजला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न उपलब्धी मापन परिक्षा सञ्चालन, शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम र उपकरण सहयोग गरेको छ ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP