२०८३ आश्विन १
September 17, 2026, Thursday

ऋण असुली गर्न जादा घतानमा नेष्ठो लगुवित्तका कर्मचारी कुटिए

म्याग्दीको बेनी नगरपालिका वडा नं.९ घतानमा शुक्रबार बिहान नेष्ठो समृद्ध लघुवित्त शाखा कार्यालय बेनीमा कार्यरत कर्मचारी सन्तोष पौडेल ऋण असुली गर्न जादा ऋणीबाटै कुटिएका छन् ।

Advertisement

शुक्रबार बिहान साढे १० बजेको समयमा घतानको कोसेपानीमा १७ जना समुहको बैठक चलिरहेको समयमा शाखाका कर्मचारी सन्तोष पौडेलले सदस्य मन कुमारी सुनार संग ऋण तिर्नुपर्ने बिषयमा छलफल हुदै गर्दा सुनारका छोरा सुजन बि.कले एक्कासी घरभित्रबाट हातपात गरि कुटपटि गरेको कार्यालय जनाएको छ ।

शुक्रबार नै उक्त घटनाको बिषयमा नेपाल लघुवित्त बैकर्स संघ म्याग्दी जिल्ला समन्वय समितिले जिल्ला प्रहरी कार्यालयमा कारबाहीको माग गर्दै निवेदन दर्ता गराएको अध्यक्ष लक्ष्मण पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेको १५ वटा लघुवित्तको तर्फबाट कारबाहीको माग गर्दै निवेदन दिएको बताउनुभयो ।

नेपाल सरकारबाट घ बर्गको ईजाजत पत्र प्राप्त नेष्ठो लघुवित्तले जिल्लाका विभिन्न गाउँमा समुह बनाई समुहमा उत्पादन मुखी क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP