२०८३ असार २७
July 11, 2026, Saturday

विद्यार्थीमा आँखा पाक्ने समस्या धेरै देखिएपछि बेनी नगरमा चार दिनका लागि विद्यालय बन्द

म्याग्दीको बेनी नगरपालिकामा आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि चार दिन बन्द विद्यालय बन्द गरिएको छ । बेनी बजार तथा ग्रामिण क्षेत्रका विद्यालयमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएपछि बेनी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाकाले विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य कार्यालयका प्रतिनिधिको समेत समन्वयमा बसेको बैठकबाट साउन ३० गतेदेखि भदौ १ गतेसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णउ गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले बताए ।

बेनीबजारमा निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या धेरै देखिएको छ। विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि सामुदायिक तथा संस्थागत विद्यालयले समेत समस्या देखिएका विद्यार्थीलाई घर पठाउने गरेको थियो ।

यसैबीच नेत्रज्योती संघ म्याग्दीको आँखा उपचार केन्द्रमा समेत दैनिक आँखामा समस्या देखिएका बिरामीको चाप बढ्ने गरेको केन्द्र प्रमुख दिनेश बानियाँले बताए । उनका अनुसार आँखा पाक्ने रोगबाट बालबालिका बढी प्रभावित भएका छन्। आँखा पाक्ने रोग एडिनो भाइरसले गर्दा हुने भएकाले समस्या देखिएकालाई ४ दिनदेखि २४ दिनसम्म निको हुन समय लाग्छ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP