बेनी–जोमसोम सडक खण्ड अन्तरगत रघुगंगा गाउँपालिका वडा नं २ बैसरीमा गुडिरहेको बोलेरोमाथि पहिरो खस्दा घाईते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
सदरमुकाम बेनीबाट बेगखोलातर्फ जादै गरेको ग १ ज ६८२० नंबरको बोलेरोका चालक लोकचन गर्बुजाको आइतबार विहान मणिपाल अस्पताल पोखरामा मृत्यु भएको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानका वडा अध्यक्ष माइलन पूर्जाले बताउनुभयो । ‘शल्यक्रिया सफल भएको थियो, आइसियूमै रहेको अवस्थामा निमोनिया देखियो’ वडा अध्यक्ष पूर्जाले भन्नुभयो ।
दुर्घटना लगत्तै मणिपालमा गरिएको सल्यक्रिया सफल भएको चिकित्सकले बताएका थिए ।
निमोनिया र ज्वरोका कारण ब्रेनसम्म असर गरेको देखिएको चिकित्सकको भनाई छ । चिकित्कले मृत घोषित गरेपछि परिवारका सदस्यले अन्तिम संस्कारका लागि घरतर्फ ल्याएका छन् । चालक गर्बुजा अन्नपूर्ण गाउँपालिका–७ महभीर निवासी हुन् । पहिरोग्रस्त क्षेत्रबाट एक्कासी खसेको पहिरोले चालक च्यापिएको अवस्थामा चालकको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको बैसरीखण्डमा यात्रु र चालकलाई माथिबाट खसेको पहिरोले चोटपटक लाग्ने गरेको छ। लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावट, कालिगण्डकी नदीको कटानले छियाछिया पारेको सडकमा माथीबाट ढुंगा खस्ने भएकाले साउन, भदौ र असोज महिनामा यात्रु र पैदलयात्रीलाई निकै सास्ती हुने गरेको छ ।
FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...
FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...