२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

बैसरी पहिरोमा घाईते भएका चालक लोकचन गर्बुजाको मृत्यु

बेनी–जोमसोम सडक खण्ड अन्तरगत रघुगंगा गाउँपालिका वडा नं २ बैसरीमा गुडिरहेको बोलेरोमाथि पहिरो खस्दा घाईते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

Advertisement

सदरमुकाम बेनीबाट बेगखोलातर्फ जादै गरेको ग १ ज ६८२० नंबरको बोलेरोका चालक लोकचन गर्बुजाको आइतबार विहान मणिपाल अस्पताल पोखरामा मृत्यु भएको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानका वडा अध्यक्ष माइलन पूर्जाले बताउनुभयो । ‘शल्यक्रिया सफल भएको थियो, आइसियूमै रहेको अवस्थामा निमोनिया देखियो’ वडा अध्यक्ष पूर्जाले भन्नुभयो ।
दुर्घटना लगत्तै मणिपालमा गरिएको सल्यक्रिया सफल भएको चिकित्सकले बताएका थिए ।

Advertisement

निमोनिया र ज्वरोका कारण ब्रेनसम्म असर गरेको देखिएको चिकित्सकको भनाई छ । चिकित्कले मृत घोषित गरेपछि परिवारका सदस्यले अन्तिम संस्कारका लागि घरतर्फ ल्याएका छन् । चालक गर्बुजा अन्नपूर्ण गाउँपालिका–७ महभीर निवासी हुन् । पहिरोग्रस्त क्षेत्रबाट एक्कासी खसेको पहिरोले चालक च्यापिएको अवस्थामा चालकको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको बैसरीखण्डमा यात्रु र चालकलाई माथिबाट खसेको पहिरोले चोटपटक लाग्ने गरेको छ। लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावट, कालिगण्डकी नदीको कटानले छियाछिया पारेको सडकमा माथीबाट ढुंगा खस्ने भएकाले साउन, भदौ र असोज महिनामा यात्रु र पैदलयात्रीलाई निकै सास्ती हुने गरेको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP