म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी आवासीय माविले नेपालका चाडपर्व र कला संस्कृतिका बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले सोमबार विविधि कार्यक्रम गरेको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको पुर्वसन्ध्यामा विद्यालयको प्राङ्गनमा कार्यक्रम कृष्णराधा, लाखेनाच, नागनागनी नाच, तथा बाध्यबाधक बजाएका थिए ।
श्रीकृष्ण जन्माष्टमी पर्वको बारेमा जानकारी दिन विद्यार्थीहरुले श्रीकृष्ण भगवानको स्वरुप धारण गरेका थिए, कोहीको हातमा बासुरीसँगै छेउमा थुप्रै गोपिनी सहितको नृत्य समेत प्रस्तुत गरिएको थियो । भगवान श्रीकृष्णसँग सम्बन्धित रमाइला पक्षहरू प्रस्तुत गरिएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि विद्यालयका निर्देशक सनम बानियाँ, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम बोगटीले अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई धर्म संस्कृतिका बारेमा बुझ्न सजिलो भएको बताएका थिए ।
विद्यार्थीलाई किताबी ज्ञानबाहेक व्यवहारिक ज्ञान दिन विद्यालयले विभिन्न प्रकारका अतिरिक्त कार्यक्रमलाई प्राथमिकता दिएको प्रधानाध्यापक मोहन अधिकारीको भनाई छ । ’व्यवहारिक शिक्षा अहिलेको आवश्यकता हो,‘चाडपर्वका बारेमा कलिलै उमेरमा जानकारी दिने तालिका नै बनाएका छौ’ प्रअ अधिकारीले भन्नुभयो । म्याग्दीको सदरमुकाम बेनीमा बर्खेनाच अन्तरगत देखाइने विभिन्न नृत्यहरु प्रस्तुत गरेर विद्यार्थीले पुस्ता हस्तान्तरणको अभ्यासमा समेत विद्यालयले जोड दिएको छ ।
कार्यक्रमको अवसरमा विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बेनीमा आयोजित बर्ख नाच अन्तरगतका विभिन्न नृत्यमा समेत सक्रिय सहभागी हुने गरेका छन् । विद्यार्थीलाई भविस्यमा बर्खे नाच अन्तरगतका गतिविधिमा सहभागीताका लागि सहज हुने गरी अतिरिक्त क्रियाकलाप अन्तरगत अभ्यास समेत गराउने गरिएको छ । कार्यक्रममा विद्यालयका प्रअ अधिकारीको अध्यक्षता, स्वागत शिक्षक सोभा बानियाँ, कार्यक्रम सञ्चालन विद्यालयकी शिक्षिका सुमित्रा शर्म र सरिता श्रेष्ठले गर्नुभएको थियो ।
खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने...
सुरेन गुरुङ म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीको खेलाडीहरुले संसारको सातौ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र त्यहाँ पुग्ने मौरिस हर्जोग...
म्याग्दी कारागारभित्र रहेका कैदीबन्दीहरुलाई बिजया दशमी तथा दिपावलीको अवसरमा बेनी आवासीय माविले खेलकुद सामाग्री सहयोग गरेको छ । आन्तरिक खेलकुद...