Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

बहिरा विद्यार्थीलाई कम्प्युटर र कलर प्रिन्टर सहयोग

म्याग्दीको बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माध्यमिक विद्यालयलाई कम्प्युटर र कलर प्रिन्टर सहयोग गरिएको छ। म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमले विद्यालयमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीलाई सांकेतिक भाषा सिक्न करिब १ लाख बराबरको सहयोग गरेको हो ।

Advertisement

मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा मोना बेल्जियमकी महिला उपाध्यक्ष ज्ञानुकुमारी बरुवाल र शिक्षा विकास समन्वय इकाई प्रमुख दलबहादुर थापाले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्का (भगवान, प्रधानाध्यापक भुवनप्रसाद रेग्मीलाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको छ ।

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि इकाई प्रमुख थापाले स्रोत कक्षामा रहेका विद्यार्थीलाई सांकेतिक भाषालाई कम्प्युटरको माध्यमबाट समेत सिक्न सहज हुने बताउनुभयो । उहाँले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कम्प्युटरले ठूलो सहयोग पुग्ने र विद्यार्थीको सिकाई प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा मोना बेल्जियमकी उपाध्यक्ष बरुवालले आधुनिक युगमा विद्यालयमा कम्युटर शिक्षाको आवश्यकता रहेको बताउँदै कम्युटर सहयोग गरेको बताउनुभयो । मोना बेल्जियमले आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

विद्यार्थीले आफूलाई प्रविधिमा ढाल्नका लागि कम्प्युटरले सहयोग पुग्ने उपाध्यक्ष बरुवालको भनाई थियो ।स्रोत कक्षामा अहिले १३ जना बहिरा विद्यार्थीहरु अध्ययनरत रहेका छन्विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्त्रण कार्यक्रमको स्वागत स्रोत कक्षा समन्वयकर्ता लक्ष्मीदेबी श्रेष्ठ, सञ्चालन पूर्व प्रध्यानध्यापक केशवप्रसाद रेग्मीले गर्नुभएको थियो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP