बेनीमा प्रभातफेरी कार्यक्रम गरेर ४३ औँ विश्व पर्यटन दिवस मनाईएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा पर्यटन दिवसको अवसरमा बेनीमा नेवारी बाजासहित बजार परिक्रमा गरेर प्रभातफेरी मनाईएको हो ।
प्रभातफेरीमा जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, टेलरिङ ब्यवसायी, म्याग्दी होटल तथा रेष्टुरेण्ट संघ र मंगला आमासमुह लगायतको र्यालीमा सहभागिता रहेको थियो ।

जनप्रतिनिधि, विभिन्न कार्यालयका कर्मचारी, संघसंस्थाका प्रतिनिधिको सहभागितामा दिवसको अवसरमा प्रभातफेरी गरिएको कार्यालय प्रमुख पोषनाथ शर्माले बताउनुभयो ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...