जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको छ । लायन्स क्लव अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदाहित्व अन्तरगत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना गरेको हो । पुस्तकालयको लायन्स क्लव अफ ३२५ ‘बि’ आई नेपालका रिजन पर्सन अर्जुन पौडेलले प्रहरी नायव उपरीक्षक मदन कुँवरलाई ५ सय थानभन्दा बढी पुस्तक हस्तान्तरण गरेका थिए ।
पुस्तकालय उद्घाटन कार्यक्रममा लायन्स क्लवका रिजन पर्सन अर्जुन पौडेल (निरजन)ले लायन्सले समुदायस्तरमा आवश्यकता अनुसारका क्षेत्रमा सहयोग गर्ने गरेको बताए । त्यस्तै प्रहरी नायव उपरीक्षक मदन कुँवरले पुस्तकालयले प्रहरी र थुनुवाको दैनिकीलाई समेत सघाउने,आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पु¥याउने बताए ।
पुस्तकालय स्थापना कार्यक्रममा लायन्स क्लव अन्तराष्ट्रियका एवजी खम थापा,लायन्स क्लव अफ दोभानकी अध्यक्ष जमुना केसीले पुस्तकालयको प्रयोगलाई प्रोत्साहन गर्न सकेमा पठन संस्कृतिमा परिवर्तन ल्याउन सकिने बताएका थिए । हिरासत कक्षमा रहेका थुनुवा, प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूका साथै थुनुवालाई भेट्न आउनेहरूलाई समेत लक्षित गरी पुस्तकालय स्थापना गरिएको लायन्स क्लव अफ बेनी लभ्लीहिलका अध्यक्ष नेत्रराज सुबेदीले बताए ।

लायन्स क्लव अफ बेनी लभ्लीहिलका संस्थापक अध्यक्ष अर्जुन पौडेलले आफ्नो जन्मदिनको अवसरमा स्थापना गरिएको पुस्तकालयमा पुस्तक राख्ने र पुस्तक खदिर तथा सहयोग जुटाएका थिए । पुस्तकालयमा नेपालका प्रसिद्ध लेखकहरूकको साहित्यिक पुस्तक समेत छन् । पुस्तकालय उद्घाटन कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष सुबेदी, स्वागत उपाध्यक्ष विश्वास श्रेष्ठ र सञ्चालन सचिव निर्मल खत्रीले गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मङ्गलवार अन्नपूर्ण गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सुरु भएको...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी)ले मतदाता प्रत्यक्ष...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...