२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

एमाले गण्डकी अध्यक्षमा म्याग्दीका शर्मा निर्वाचित

नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको छ । शर्माले अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

Advertisement

राती अवेर प्राप्त मतपरिणम अनुसार शर्माले ५ सय ३१ मत पाउदाँ अधिकारीले ३ सय ६५ मत मात्र प्राप्त गर्नुभयो । शर्मा यसअघि पनि अध्यक्ष हुनुहन्थ्यो । शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो ।

Advertisement

उपाध्यक्षमा शर्मा प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी हुनुभएको छ । गुरुङले ५ सय ३४ मत पाउदाँ उहाँका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत मात्र प्राप्त गर्नुभयो ।

त्यस्तै सचिवमा लमजुङका धनञ्जय दवाडी ५ सय २० मतका साथ विजयी हुनुभयो । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरी पराजित बन्नुभएको छ ।

त्यसैगरी उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उहाँका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याउनुभयो । उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारी प्यासीले ५ सय ३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत मात्र प्राप्त गर्नुभयो ।

हिजो भएको मतदानमा कुल ९ सय ८ प्रतिनिधि मध्ये ८ सय ९६ जनाले मतदान गर्नुभएको थियो । ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो । अधिवेशनमा १ सय ६२ पदका लागि ३ सय ८२ जनाको उम्मेद्वारी परेकोमा ४५ पदमा भने सर्वसम्मती भएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिनुभयो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० आश्विन १९, शुक्रबार ००:५१

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० आश्विन १९, शुक्रबार ००:५१

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० आश्विन १९, शुक्रबार ००:५१

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP