२०८३ श्रावण १०
July 26, 2026, Sunday

एमाले गण्डकी अध्यक्षमा म्याग्दीका शर्मा निर्वाचित

नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको छ । शर्माले अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

Advertisement

राती अवेर प्राप्त मतपरिणम अनुसार शर्माले ५ सय ३१ मत पाउदाँ अधिकारीले ३ सय ६५ मत मात्र प्राप्त गर्नुभयो । शर्मा यसअघि पनि अध्यक्ष हुनुहन्थ्यो । शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो ।

उपाध्यक्षमा शर्मा प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी हुनुभएको छ । गुरुङले ५ सय ३४ मत पाउदाँ उहाँका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत मात्र प्राप्त गर्नुभयो ।

त्यस्तै सचिवमा लमजुङका धनञ्जय दवाडी ५ सय २० मतका साथ विजयी हुनुभयो । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरी पराजित बन्नुभएको छ ।

त्यसैगरी उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उहाँका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याउनुभयो । उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारी प्यासीले ५ सय ३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत मात्र प्राप्त गर्नुभयो ।

हिजो भएको मतदानमा कुल ९ सय ८ प्रतिनिधि मध्ये ८ सय ९६ जनाले मतदान गर्नुभएको थियो । ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो । अधिवेशनमा १ सय ६२ पदका लागि ३ सय ८२ जनाको उम्मेद्वारी परेकोमा ४५ पदमा भने सर्वसम्मती भएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP