२०८३ असार ११
June 25, 2026, Thursday

चौतारीको इतिहास मेटिएको गुनासो

म्याग्दीको सदरमुकाम बेनीको मुटुमा पर्ने वीरेन्द्रचोकको चौतारीको इतिहास मेट्ने काम गरिएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । 

Advertisement

आदिवासी जनजाति जिल्ला समन्वय समितिको अगुवाइमा २०६४ सालमा चौतारी मर्मत भएसँगै चौतारीको नाम शहीद लखन थापा स्मृति चौतारी नामकरण गरेसँगै इतिहास मेटिएको गुनासो आउन थालेको हो । पछिल्लो समय पुराना पुस्ताले चौतारीको इतिहास मेट्ने काम भएको भन्दै गुनासो गरेका छन् ।

Advertisement

२०६४ सालमा चौतारी मर्मत गरेसँगै निर्माण मिति २०६४ लेखिएको शिलालेख चौतारीमा राख्दा चौतारी निर्माण कहिले भयो भन्ने इतिहास नै नामेट भएको गुनासो आएको हो । “म १९९८ सालमा जन्मेको हुँ र यहीको बासिन्दा हुँ, सामान्य चौतारी बनेको पहिल्यै हो तर २०१२ सालमा चौतारोको सामान्य आकार दिइएको हो” उहाँले भन्नुभयो । 

वि.सं २००० भन्दा पहिला त्यस ठाउँमा पीपल रोपिएको भए पनि २०१२ बाट मात्रै त्यसलाई व्यवस्थित बनाउँदै लगिएको स्थानीय पहलबहादुर खत्रीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “पूर्णबहादुर शाक्यले पीपल रोपेका हुन्, त्यसपछि २०१५ सालमा चौतारोलाई अझै व्यवस्थित पारिएकोमा गाउँपञ्चायतको अगुवाइमा २०१८ मा मर्मत गरिएको थियो ।’

२०२८ सालमा तत्कालीन अर्थुङ्गे गाउँपञ्चायतका प्रधानपञ्च सुकलाल श्रेष्ठको अगुवाइमा सो चौतारोलाई व्यवस्थित तवरले मर्मत गरिएको थियो । तत्कालीन अवस्थामा कालोबजारी गरेको आरोपमा २०२८ मा एक जनालाई १८ हजार जरिवाना गरेर चौतारो मर्मत गरिएको थियो । 

२०३५–३६ तिर अर्का एक व्यापारीलाई औषधिमा कालोबजारी गरेको भन्दै कारबाही गरेर ३५ हजार तिराएर चौतारी मर्मत गरिएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी हर्षनाथ ठाकुरले कालोबजारीमा जरिवाना गरिएको रकम खर्चेर चौतारीलाई व्यवस्थित बनाउनु भएको बेनी नगरपालिका –६ का ८३ वर्षीय झलकबहादुर बानियाँले सुनाउनुभयो । 

पुरानो इतिहास बोकेको चौतारीलाई मर्मत गरेर नामकरण नै फरक नगरेको भए राम्रो हुने थियो, उहाँको भनाइ छ । २०६२–६३ को जनआन्दोलनको क्रममा वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको सालिक तोडफोड गरेपछि सालिक रहेको स्थानको पनि गलत प्रयोग भएको स्थानीयको गुनासो छ । राजा वीरेन्द्रको सालिक रहेको ठाउँमा स्तम्भ बनाएर सहिद स्तम्भ नामकरण गरे पनि स्तम्भको शिरमा बुद्ध स्तुपा बनाएर बुद्धको मूर्ति राखिएको छ gorkhaptraonline

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP