म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगको पहिचान गर्ने गरि शिरफुल गीत सार्वजनिक गरिएको छ । ऐतिहाँसिक, धार्मिक र पर्यटकीय सम्भावन बोकेको बेग गाउँको पहिचान र प्रचार गर्ने हेतुले नक्कु पुर्जा र तारा पुर्जाको शिरफुल भाका म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो ।
रोजगारीको शिलशिलामा बेलायत पुगेर पनि आफ्नो जन्मस्थान बेगमा पूर्वाधार निर्माण तथा स्थानिय पहिचानको संरक्षणमा लाग्नु भएका नक्कु पुर्जा र तारा पुर्जाले आफ्नो लगानीमा जन्मस्थानको पहिचान गराउनुका साथै मौलीक संस्कृतिको जगेर्नाका लागि उक्त भिडियो सार्वजनिक गर्नु भएको हो ।
सालैजो(बेगको गाउँ) नामको उक्त गितको म्युजिक भिडियो नक्कु पुर्जाको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गगन पुन र लाली बुढाथोकीको स्वर रहेको उक्त गितको लय तथा शब्द संयोजन नक्कु पुर्जा र तारा पुर्जाले गर्नुभएको छ । एरेन्ज एलबि पुनको रहेको उक्त गितको रेकर्डीङ पुन डिजिटल लामाचौर पोखरामा भएको हो ।
नगेन पुर्जा, पुष्पा पुर्जा, नक्कु पुर्जा तथा मैना फगामीको अभिनय रहेको म्युजिक भिडियोमा टिपिकल नेपाली गितका साथै भेषभुष हेर्न पाइन्छ । छवि मगरले सम्पादन गर्नु भएको उक्त कृतिको निर्देशन मौसम पाइजाले गर्नुभएको थियो भने छायांकन कमल पुनले गर्नुभएको हो ।
बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...
बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...
म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...



