२०८३ असार १
June 15, 2026, Monday

चर्चा बटुल्दै बेग गाउँ चिनाउने शिरफुल भाकाले

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगको पहिचान गर्ने गरि शिरफुल गीत सार्वजनिक गरिएको छ । ऐतिहाँसिक, धार्मिक र पर्यटकीय सम्भावन बोकेको बेग गाउँको पहिचान र प्रचार गर्ने हेतुले नक्कु पुर्जा र तारा पुर्जाको शिरफुल भाका म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो ।

Advertisement

(24) Bega Gauko Sirafule Song 2023 बेग गाऊँको सिरफुले गित नक्कु पुर्जा /तारा पुर्जा HD VIDEO. – YouTube

Advertisement

रोजगारीको शिलशिलामा बेलायत पुगेर पनि आफ्नो जन्मस्थान बेगमा पूर्वाधार निर्माण तथा स्थानिय पहिचानको संरक्षणमा लाग्नु भएका नक्कु पुर्जा र तारा पुर्जाले आफ्नो लगानीमा जन्मस्थानको पहिचान गराउनुका साथै मौलीक संस्कृतिको जगेर्नाका लागि उक्त भिडियो सार्वजनिक गर्नु भएको हो ।

सालैजो(बेगको गाउँ) नामको उक्त गितको म्युजिक भिडियो नक्कु पुर्जाको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गगन पुन र लाली बुढाथोकीको स्वर रहेको उक्त गितको लय तथा शब्द संयोजन नक्कु पुर्जा र तारा पुर्जाले गर्नुभएको छ । एरेन्ज एलबि पुनको रहेको उक्त गितको रेकर्डीङ पुन डिजिटल लामाचौर पोखरामा भएको हो ।


नगेन पुर्जा, पुष्पा पुर्जा, नक्कु पुर्जा तथा मैना फगामीको अभिनय रहेको म्युजिक भिडियोमा टिपिकल नेपाली गितका साथै भेषभुष हेर्न पाइन्छ । छवि मगरले सम्पादन गर्नु भएको उक्त कृतिको निर्देशन मौसम पाइजाले गर्नुभएको थियो भने छायांकन कमल पुनले गर्नुभएको हो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP