२०८० मंसिर २२
December 8, 2023, Friday

भगवती कोत मन्दीरमा राँगोको मार हान्न ३ लाख ३० हजार रुपैयाँको बोलकबोल !

म्याग्दी, ५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख ३० हजार रुपैयाँको बोलकबोल भएको छ । आईतबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । एक घण्टाको समय सिमामा सुरु भएको बढीबढाउमा सहभागी पाँचजनाको प्रतिस्पर्धामा रघुगंगा गाउँपालिका– २, सिजलगाउँ निवासी एकेन्द्र भण्डारीले सबैले भन्दा धेरै ३ लाख ३० हजार रुपैयाँ रकम तिर्ने कबोल गरेर सरकारी बलीको मार हान्ने हुनुभएको छ ।
भण्डारीले आईतबार नै कबोल रकम भगवती कोतमन्दीर पुजा ब्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । भण्डारीले सरकारी राँगो मार हान्ने पक्का गराउन प्रतिस्पर्धात्मक बढीबढाउमा उहाँका मामा इन्द्र कार्की २ लाख ६० हजार रुपैयाँबाट ६० हजार बढाएर ३ लाख २० हजार रुपैयाँ बोल्नुभएको थियो । त्यसपछि अर्का ब्यक्ति उमेश आचार्य ५ मिनेट बाँकी रहदाँ ३ लाख २० हजार पाँचसय रुपैयाँ बोल्नुभएको थियो । त्यसपछि कार्कीले ९ हजार पाँचसय रुपैयाँ बढाएर ३ लाख ३० हजार रुपैयाँ बोल रकम बोलेर एक घण्टाको समयमा मार हान्ने ब्यक्ति भण्डारी फाईनल हुनुभएको थियो । पुजा समितिले सरकारी राँगाको बढीबढाउ सुरुवाती मूल्य ६७ हजार रुपैयाँ गरेको थियो ।
यस अघि २०७९ सालको नवमीमा रु ३ लाख १५ हजार, २०७८ सालको दशैँको नवमीमा भगवतीमा रु ३ लाख, २०७६ सालको दशैँमा २ लाख ८० हजार रुपैयाँमा सरकारी मारको बढीबढाउ भएको थियो । नवमीको दिन बली दिईने राँगो मार हान्ने व्यक्तिहरुको मनोकंक्षा पुरा हुने जनविश्वासका कारण आकाँक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउ मार्फत छनौट गरिएको भगवती कोतमन्दीर पुजा व्यवस्थापन समितिका सचिब कृष्णबहादुर शाहीले जानकारी दिनुभयो ।
भगवती कोत मन्दिरमा कालरात्रीको राति कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यो क्षेत्रकै ऐतिहाँसिक कोत मन्दीर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक बर्ष सरकारी मार हान्न आकाँक्षा राख्नेहरुको संख्या र बोलकबोल रकम समेत बढ्दै गएको पुजा व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष थानबहादुर भण्डारीले बताउनुभयो । ‘‘यहाँ सरकारी मार हानेका व्यक्तिहरु सबैको उन्नती प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बली चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो’’– कावा अध्यक्ष भण्डारीले भन्नुभयो ।
तत्कालिन बाइसे/चौबिसे राज्यकालदेखी यहाँको कोतमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । नवमिका दिन कोत मन्दिरमा सरकारी मार हानेपछी पुजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ ।
बढीबढाउ कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारी, वडाअध्यक्ष अमृत भण्डारी लगायतको उपस्थित थियो ।

Advertisement

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०८० कार्तिक ६, सोमबार ००:४२

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०८० कार्तिक ६, सोमबार ००:४२

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०८० कार्तिक ६, सोमबार ००:४२

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP