२०८३ भाद्र २
August 18, 2026, Tuesday

भगवती कोत मन्दीरमा राँगोको मार हान्न ३ लाख ३० हजार रुपैयाँको बोलकबोल !

म्याग्दी, ५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख ३० हजार रुपैयाँको बोलकबोल भएको छ । आईतबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । एक घण्टाको समय सिमामा सुरु भएको बढीबढाउमा सहभागी पाँचजनाको प्रतिस्पर्धामा रघुगंगा गाउँपालिका– २, सिजलगाउँ निवासी एकेन्द्र भण्डारीले सबैले भन्दा धेरै ३ लाख ३० हजार रुपैयाँ रकम तिर्ने कबोल गरेर सरकारी बलीको मार हान्ने हुनुभएको छ ।
भण्डारीले आईतबार नै कबोल रकम भगवती कोतमन्दीर पुजा ब्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । भण्डारीले सरकारी राँगो मार हान्ने पक्का गराउन प्रतिस्पर्धात्मक बढीबढाउमा उहाँका मामा इन्द्र कार्की २ लाख ६० हजार रुपैयाँबाट ६० हजार बढाएर ३ लाख २० हजार रुपैयाँ बोल्नुभएको थियो । त्यसपछि अर्का ब्यक्ति उमेश आचार्य ५ मिनेट बाँकी रहदाँ ३ लाख २० हजार पाँचसय रुपैयाँ बोल्नुभएको थियो । त्यसपछि कार्कीले ९ हजार पाँचसय रुपैयाँ बढाएर ३ लाख ३० हजार रुपैयाँ बोल रकम बोलेर एक घण्टाको समयमा मार हान्ने ब्यक्ति भण्डारी फाईनल हुनुभएको थियो । पुजा समितिले सरकारी राँगाको बढीबढाउ सुरुवाती मूल्य ६७ हजार रुपैयाँ गरेको थियो ।
यस अघि २०७९ सालको नवमीमा रु ३ लाख १५ हजार, २०७८ सालको दशैँको नवमीमा भगवतीमा रु ३ लाख, २०७६ सालको दशैँमा २ लाख ८० हजार रुपैयाँमा सरकारी मारको बढीबढाउ भएको थियो । नवमीको दिन बली दिईने राँगो मार हान्ने व्यक्तिहरुको मनोकंक्षा पुरा हुने जनविश्वासका कारण आकाँक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउ मार्फत छनौट गरिएको भगवती कोतमन्दीर पुजा व्यवस्थापन समितिका सचिब कृष्णबहादुर शाहीले जानकारी दिनुभयो ।
भगवती कोत मन्दिरमा कालरात्रीको राति कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यो क्षेत्रकै ऐतिहाँसिक कोत मन्दीर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक बर्ष सरकारी मार हान्न आकाँक्षा राख्नेहरुको संख्या र बोलकबोल रकम समेत बढ्दै गएको पुजा व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष थानबहादुर भण्डारीले बताउनुभयो । ‘‘यहाँ सरकारी मार हानेका व्यक्तिहरु सबैको उन्नती प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बली चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो’’– कावा अध्यक्ष भण्डारीले भन्नुभयो ।
तत्कालिन बाइसे/चौबिसे राज्यकालदेखी यहाँको कोतमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । नवमिका दिन कोत मन्दिरमा सरकारी मार हानेपछी पुजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ ।
बढीबढाउ कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारी, वडाअध्यक्ष अमृत भण्डारी लगायतको उपस्थित थियो ।

Advertisement

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP