२०८३ श्रावण १०
July 26, 2026, Sunday

ऐतिहाँसिक ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न प्राथमिकता : मन्त्री जुग्जाली

गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको ऐतिहाँसिक ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न प्राथमिकता दिने बताउनुु भएको छ ।

Advertisement

म्याग्दीको धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा सोमबार महानवमी पर्वको अवसरमा आयोजित कार्यक्रममा मन्तब्य व्यक्त गर्नुुहुुदै मन्त्री जुुग्जालीले ऐतिहाँसिक सम्पदाको संरक्षण र प्रर्वद्धन मार्फत पर्यटन विकासमा प्रदेश सरकारले जोड दिएको बताउनुुभयो ।

“ताकमकोतको विकासमा समुुदाय स्तरबाट भएको पहल र सक्रीयतामा सरकारको पनि साथ छ,” उहाँले भन्नुुभयो “ताकमकोत हुुदै धौलागिरि आधार शिविर र ढोरपाटन जाने पदमार्गको विकास तथा प्रर्वद्धनमा प्रदेश सरकारले जोड दिएको छ ।” वाईसे चौवीसे राजाका पालामा तत्कालीन थापा राजाले राज्य सञ्चालन गरेको ताकमकोतको ऐतिहाँसिक र धार्मिक महत्व रहेको छ ।

मन्त्री जुग्जालीले गत जेठ महिनामा ताकमकोतमा स्थापना भएको हनुुमानजीको मुर्ति उद्घाटनका क्रममा स्थानीयले गरेको आग्रह अनुुसार प्रदेश सरकाबाट ताकमकोत जोड्ने अधुुरो पदमार्गलाई पूूर्णता दिन प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. दश लाख बिनियोजन भएकोमा पहिलो चौमासिकमै काम सम्पन्न भएकोमा खुुसी व्यक्त गर्नुुभयो ।

मन्त्री जुग्जालीले म्याग्दीको पश्चिमी क्षेत्र हुुदै ढोरपाटन जोड्ने सडकलाई व्यवस्थित बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुुभयो । “बेनी देखि दरवाङ जोड्ने सडक कालोपत्र हुुदैछ, दरवाङ देखि धारापानी जोड्ने सडक ग्राभेल गर्ने काम अन्तिम चरणमा छ,” उहाँले भन्नुुभयो “धारापानीदेखि ताकम हुुदै मुुना जोड्ने सडक कालोपत्र गर्न प्रदेश सरकारले यस वर्ष रु. पाँच करोड बजेट बिनियोजन गरेको छ । ढोरपाटन जोड्ने सडकलाई व्यवस्थित गर्ने प्रयासमा छौ ।”

बेनी दरवाङ ताकम मुुना जलजला ढोरपाटन हुुदै रुकुुम जोड्ने सडक मध्य पहाडी लोकमार्गको बाग्लुुङ खण्ड भन्दा करिब ७० किलोमिटर छोटो हुुने भएकाले यसलाई बैकिल्पिक सडकका रुपमा निर्माण गर्न लागिएको बताउनुुभयो । दरवाङ देविस्थान जुुग्जा हुुदै ताकमकोत जोड्ने सडकका लागि पनि प्रदेश सरकारबाट चालुु आर्थिक वर्षमा दुुई वटा शिर्षकमा रु. दुुई करोड बिनियोजन भएको मन्त्री जुुग्जालीले बताउनुुभयो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुन, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धवलागिरीका उपाध्यक्ष रेशम पुुनमगर लगायत उपस्थित कार्यक्रममा ताकमका पुुर्व वडा अध्यक्ष कलानिधी शर्माले ताकमकोतको ऐतिहाँसिक र धार्मिक महत्वका विषयमा जानकारी गराउनुुभएको थियो । 

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP