२०८२ फाल्गुन २२
March 6, 2026, Friday

आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरमा

अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविर आन्तरिक पर्यटकले भरिभराउ भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा यतिखेर पर्यटकको घुइँचो लागेको हो । नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुन लागेको उत्तरी आधारशिविरमा दसैँ तिहार विदाकाे अवसर पारेर भ्रमण गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । 

Advertisement

नारच्याङ गाउँदेखि एकदिनमा पुग्न सकिने सुन्दर पर्यटकीय स्थल भएकाले यसपालि आन्तरिक पर्यटकको सङ्ख्या बढेको नारच्याङका पर्यटन व्यवसायी तथा मौरीस हर्जोग पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार नारच्याङ गाउँ हुँदै पदमार्गबाट आधारशिविर तर्फ पर्यटकहरू पुग्ने गरेका छन् । पदमार्गमा रहेको फुतफते झरना र प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ ।

Advertisement

दसैँ लगत्तै धेरैको सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले सम्मकै धेरै पर्यटकहरू अन्नपूर्ण बेसक्याम्प पुगेका छन् । व्यवस्थित पदमार्ग र प्राकृतिक सुन्दरताको खानी भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण बेसक्याम्प परेको हो ।’’

यसपटक म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँ, चितवन लगायतका क्षेत्रबाट तीनदेखि १५ जनासम्मको  समूह बेसक्याम्पमा गएका छन् । हालसम्म टे«किङ एजेन्सी तथा व्यक्तिगत गरी तीन सयभन्दा बढी पर्यटक बेसक्याम्पमा पुगेका छन् । गाउँपालिकाले प्रचारप्रसार र पर्यटनमैत्री पूर्वाधार निर्माण गरेकाले यसपालि पर्यटकको सङ्ख्यामा वृद्धि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

पदयात्रामा पुगेर फर्किएकी अन्नपूर्ण–६ घारकी सोनिमा बरुवालले पदमार्गमा शौचालय, चिया घर र थप बस्ने संरचनाको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अन्नपूर्ण साँच्चिकै स्वर्ग जस्तो छ । बेसक्याम्पमा पर्यटकको सुविधाका लागि पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक छ ।’’

त्यस्तै, बेनीबाट साथीहरूसँग पहिलो पटक आधारशिविर पुग्नुभएका विजय सापकोटाले अन्नपूर्णको उत्तरी आधार शिविर सोचे भन्दा धेरै रमणीय भएको सुनाउनुभयो । पर्यटकको सुविधाका लागि बेसक्याम्पमा होटल, लज र बिच बाटोमा टी आउस बनाउनुपर्ने उहाँले सुझाव दिनुभयो । 

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै आधार क्षेत्रसम्म पुग्न सकिन्छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म  पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ ।

आधार शिविरसम्म पुग्ने ठाउँ ठाउँमा निर्मित आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधारले यात्रा सहज भएको छ । पर्यटकलाई सहज बनाउन पदमार्गमा खानेपानीको सुविधासहितका खाना पकाउन मिल्ने विभिन्न आश्रयस्थलको व्यवस्था गर्ने योजनासहित गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारसमक्ष बजेट माग गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

Related News

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८० कार्तिक १२, आईतवार १०:११

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
  • २०८० कार्तिक १२, आईतवार १०:११

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...

जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
  • २०८० कार्तिक १२, आईतवार १०:११

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...

TOP