२०८२ असार १
June 15, 2025, Sunday

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेको छ । घुम्न आएका पाहुनाले होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घका अध्यक्ष ताराप्रसाद आचार्य ९बाबुराम०ले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिनुभयो ।

Advertisement

“देशका विभिन्न ठाउँमा भ्रमणमा आएका पाहुनाले होटल भरिएका हुन”, गलेश्वरमा रहेको होटल याकका सञ्चालकसमेत रहेका आचार्यले भन्नुभयो, “पोहोरपरार सालभन्दा यसपालि पर्यटक आगमन राम्रो छ ।” बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोडेपानी, सिंगा तातोपानीका होटल पाहुनाले भरिभराउ बनेका हुन् ।

Advertisement

होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घका अनुसार बेनीमा रहेका ५० होटलमा एक हजार जना बास बस्न सक्ने क्षमता छ । दशभन्दा बढी सुविधायुक्त होटल रहेको भुरुङ तातोपानीका होटल व्यवसायी राजु हमालले तीन दिनयता सबै होटल पाहुनाले भरिभराउ रहेका बताउनुभयो ।

बडादसैँको टीकाको भोलिपल्टदेखि काठमाडौँ, पोखरा, चितवन, विराटनगर, रुपन्देहीलगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुँदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ । मुस्ताङ प्रवेश गर्ने घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक प्रताप महतले तीन दिनयता दैनिक चारदेखि पाँच हजार पाँच सय पर्यटक मुस्ताङ भित्रिएका जानकारी दिनुभयो ।

“कात्तिक ९ गते एक हजार दुई सय सवारीसाधनमा पाँच हजार पाँच सय, १० गते नौ सय ७४ सवारीसाधनमा पाँच हजार र शनिबार सात सय सवारीसाधनमा चार हजार जना मुस्ताङ भित्रिएका छन्”, उहाँले भन्नुभयो, “अन्य समयमा दैनिक डेढ सयदेखि दुई सय सवारीसाधनमा पर्यटक भित्रने गरेका थिए ।”

महतका अनुसार जीप, बसको तुलनामा मोटरसाइकल, निजी गाडी र स्कुटरमा मुस्ताङ घुम्न जाने बढी छन् । पर्यटकीय याम, अनुकूल मौसम, चाडपर्वको बिदा भएकाले विद्यार्थी, व्यापारी, कर्मचारीलगायत विभिन्न पेसा व्यवसाय गर्नेहरू मुस्ताङ घुम्न आएका घरपझोङ गाउँपालिकाका कार्यपालिका सदस्यसमेत रहनुभएका मार्फाका होटल व्यवसायी राजु लालचनले बताउनुभयो ।

“पोहोर साल दसैँमा वर्षात्का कारण सडक अवरुद्ध हुँदा अपेक्षाकृत पाहुना आएका थिएनन्, आएकाले पनि दुःख पाए”, उहाँले भन्नुभयो, “यसपालि सडक, मौसम सफा भएकाले छोटो समय घुमघाम गर्नेले मुस्ताङलाई रोजेका छन् ।” शरदयाम घुमघामका लागि उपयुक्त मानिन्छ । विदेशीभन्दा नेपाली पर्यटकको सङ्ख्या बढी रहेको होटल व्यवसायीले बताएका छन् ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८० कार्तिक १२, आईतवार १०:१३

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८० कार्तिक १२, आईतवार १०:१३

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८० कार्तिक १२, आईतवार १०:१३

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP