नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही कात्तिक १९ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ ।मंगलबार कांग्रेसको पार्टी कार्यालय संगमचोकमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १९ गते जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराईएको हो ।
सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका महामन्त्री माननिय विश्व प्रकाश शर्मा आउने कार्यक्रम रहेको उपसभापती हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको तयारीका लागि कार्यसम्पादन समितिलाई जिम्मेवारी दिएको र कार्यक्रमको तयारी अन्तिम चरण रहेको पुगेको जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा ४१ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य कार्यकर्ता समेत उपपिस्थित हुने सचिव भरत बहादुर रकालले बताउनुभयो । प्रत्येक बर्ष गर्नुपर्ने सम्मेलन यस पटपक अधिवेशनपछि पहिलो पटक हुन लागेकाले अहिले सम्म कार्य समितिले गरेका काम र प्रगतिको बिषयमा छलफल हुने रकालले बताउनुभयो ।
उहाँका अनुसार लामो समयपछि हुन लागेको सम्मेलनले म्याग्दी कांग्रेस अबका दिनका कार्यकर्तामाझ कसरी जाने भन्ने बिषयमा समेत योजना तयार गर्ने उहाँले बताउनुभयो । सम्मेलन जिल्ला समन्वय समितिको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुने छ ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...