२०८३ असार २६
July 10, 2026, Friday

म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन कात्तिक १९ गते ,महामन्त्री शर्मा आउने

नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही कात्तिक १९ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ ।मंगलबार कांग्रेसको पार्टी कार्यालय संगमचोकमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १९ गते जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराईएको हो ।

सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका महामन्त्री माननिय विश्व प्रकाश शर्मा आउने कार्यक्रम रहेको उपसभापती हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको तयारीका लागि कार्यसम्पादन समितिलाई जिम्मेवारी दिएको र कार्यक्रमको तयारी अन्तिम चरण रहेको पुगेको जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा ४१ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य कार्यकर्ता समेत उपपिस्थित हुने सचिव भरत बहादुर रकालले बताउनुभयो । प्रत्येक बर्ष गर्नुपर्ने सम्मेलन यस पटपक अधिवेशनपछि पहिलो पटक हुन लागेकाले अहिले सम्म कार्य समितिले गरेका काम र प्रगतिको बिषयमा छलफल हुने रकालले बताउनुभयो ।

उहाँका अनुसार लामो समयपछि हुन लागेको सम्मेलनले म्याग्दी कांग्रेस अबका दिनका कार्यकर्तामाझ कसरी जाने भन्ने बिषयमा समेत योजना तयार गर्ने उहाँले बताउनुभयो । सम्मेलन जिल्ला समन्वय समितिको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुने छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP