२०८० मंसिर २२
December 8, 2023, Friday

पत्रकार महासंघ म्याग्दी पर्यटन प्रर्बधनको अभियानमा

प्रचारप्रसार र पूर्वाधारको अभावका कारण मारमा परेको म्याग्दीका पर्यटकीयस्थलको प्रवर्धन गर्न स्थानीय सरोकारवाला निकायले जोड दिएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा आयोजित कार्यक्रमका सहभागी बक्ताले भकिम्ली पर्यटन र कृषिमा सम्भावना भएको क्षेत्र भएपनि प्रचारप्रसार र बजारीकरणको अभावले समस्या झल्नुपरेको बताएका थिए ।

Advertisement

पत्रकार महासंघ म्याग्दी शाखाले स्थानीय सरोकारवाला निकायसँग सहकार्य गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने अभियान अन्तरगत बेनपा–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको सिमानामा अवस्थित पर्यटकीयस्थल बेलढुंगामा आयोजित अन्तरक्रिया कार्यक्रममा भकिम्लीका वडा अध्यक्ष पदमबहादुर पुनले बेलढुंगाको पर्यटन विकासले भकिम्लीबासीको आर्थिक जिवनमा समेत सुधार आउने बताए ।

Advertisement

उनले भकिम्लीबाट बेलढुंगाको पर्यटन पूर्वाधारमा ६ बर्ष अगाडी १ लाख विनियोजन गरिएपछि पर्यटकीय गन्तब्य बनेको बताए। त्यस्तै भकिम्लीका समाजसेवी पृथबहादुर पुनले बेलढुंगालाई दुबै क्षेत्रबाट उच्च प्राथमिकता दिएकाले यो अवस्थामा आएको बताए ।बागलुङ र म्याग्दीको सिमानामा रहेकाले पर्यटकीयस्थलबाट दुबै क्षेत्रले लाभ लिनुपर्नेमा मुसुङका स्थानीय लिलबहादुर छन्त्यालको भनाई थियो ।

पर्यटन क्षेत्र धरासायी भएकाले यसलाई उकास्न आन्तरिक पर्यटकलाई घुमफिरको वातावरण बनाउनका लागि पत्रकार महासंघ म्याग्दीले सुरु गरेको अभियानबाट उत्साहित भएको भकिम्लीबासीको भनाई थियो ।कार्यक्रममा पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले पर्यटकीय क्षेत्रमा पूर्वाधार विस्तार तथा प्रचारप्रसार आवश्यक रहेको बताए ।

बेलढुंगामा आयोजित कार्यक्रमको अध्यक्षता पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, स्वागत उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सहसचिव साधन राम्जालीले गरेका थिए । त्यस्तै १ सय बर्ष पूरानो भकिम्लीको स्वर्गाश्रममा आयोजित कार्यक्रममा प्राचीनकालदेखि नै ऋषि महर्षि र विद्वान् विदूषीको तपस्थली रहँदै आएको आश्रम क्षेत्रलाई धार्मिक गन्तब्य बनाउनुपर्ने बताइएको थियो ।

स्वार्गाआश्रम बेलढुंगा ब्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले प्राकृतिक रुपमा अत्यन्त रमणीय,आध्यात्मिक आस्थाको केन्द्र,पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रममा आवश्यक पर्ने पूर्वाधार विस्तारमा सरकारी निकायबाट नियमित सहयोग तथा सञ्चार क्षेत्रबाट समेत यहाँको सम्भावनाका नियमित समाचार प्रकाशित गरेर सहयोग गर्नुपर्नेमा जोठ दिए ।

उनले स्वार्गाआश्रमका बारेमा खोज र अनुसन्धानबाट करिब १ सय बर्षको इतिहास पाइएपनि आश्रम आसपासका क्षेत्रमा रहेका तपस्थीस्थल लगायतका प्राचिन बस्तुले सयौंबर्ष पूरानो इतिहास रहेको अनुमान गरिएको बताए। स्वर्गाश्रमबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथधाम, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको दर्शन गर्न सकिने उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष पदम पुनले तपस्वीनी सरस्वती घना जङ्गलको बीचमा रहेको स्वर्गाश्रममा एक्लै तप र ध्यान गरेको स्थान सहितका क्षेत्रहरु संरक्षणको पहल भइरहेको बताए। कार्यक्रममा भकिम्लीको भुकभुके आमा समुह, थोटनरी आमा समुह, मुसुङ र डोले आमा समुहले भजनकृतन सहित आश्रमका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको समानामा बोल्दै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले म्याग्दीमा अनगिन्ती पर्यटकीय गन्तब्य भएपनि पर्यटक पुग्न नसकेका धेरै स्थानहरुमा बारेमा पत्रकार महासंघले पर्यटन प्रर्वधनमार्फत अभियान सञ्चालन गरेको बताए । पर्यटकीय क्षेत्रलाई चलमायन बनाउन आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारले सहयोग गर्नुपर्ने उनले बताए । पत्रकार महासंघले म्याग्दीका ओझेलमा परेका पर्यटकीयस्थलहरुको पहिचान गरी संस्थागत रुपमै पुगेर प्रचारप्रसारको थालनी गरेको छ ।

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०८० कार्तिक १५, बुधबार १६:०८

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०८० कार्तिक १५, बुधबार १६:०८

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०८० कार्तिक १५, बुधबार १६:०८

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP